डा. ललितकुमार मिश्र
मौसम परिवर्तन हुदा एलर्जी हुने खतरा बढी हुन्छ । शरीरको (इम्युन सिस्टम) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले मानिसहरू एलर्जीको सिकार हुन्छन् । बदलिँदो मौसममा एलर्र्जीक राइनाइटिस (नाकको एलर्जी) एलर्र्जीक अस्थमा (सांस) र स्किन एलर्जी, खाद्य पदार्थको सेवनबाट एलर्जी हुनु सामान्य कुरो हो ।
मौसममा परिवर्तन हुँदा केटाकेटी, महिला तथा बूढापाकाहरूमा एलर्जीको समस्या पाँचदेखि आठ प्रतिशतसम्म बढ्न सक्छ । आमाबुवामध्ये कुनै एकजनालाई कुनै प्रकारको एलर्जीको समस्या छ भने उनीहरूको सन्तानमा पनि एलर्जी हुने सम्भावना ५० प्रतिशत रहन्छ ।
लक्षणहरू
शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार रुघा लाग्नु, हाँछ्युु आउनु, आँखा, नाक चिलाउनु, ज्वरो आउनुको साथै शरीरका मांसपेशीहरू दुख्नु, यसका सुरुका लक्षणहरू हुन् भने खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केही मिनेटपछि– अनुहार चिलाउने, डाबर आउने, ओठ, अनुहार जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिसा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लडप्रेसर कम हुने, बेहोस भएर लड्ने आदिजस्ता लक्षणहरू देखिन्छन् । यसको आधारमा नै रोगको पहिचान हुन्छ । यदि अलिकति सावधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने सजिलै सित यस रोगबाट छुटकारा पाउन सकिन्छ । नाक चिलाउनुका साथे हाँछ्यु पनि आउनु र नाकबाट पानी बग्नु पनि यसको लक्षण हो । नाकको छाला रातो हुन्छ । जुन घरिघरि नाक साफ गर्नाले हुन्छ । यदि तपाईंलाई यस्तो भइरहेको छ भने, सतर्क हुनुस्, यो नाकको एलर्जी (राइनाइटिस) नाकको इन्फेक्सन पनि हुन सक्छ ।
के हो मुख्य कारण ?
यस रोगको कारण कैयौ प्रकारको एलर्जी हुनु हो । यसमध्ये मुख्य हो प्रदूषण, धुलोमाटो, घाँस, पराल एवं रूखपात, बिरुवाको परागकण एवं खाद्य एलर्जी । घरबाट बाहिर निस्किँदा धुलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्दछ । यही एलर्र्जीक राइनाइटिसको कारण बन्दछ । यसको अलावा कुकुर, बिरालो पाल्ने घर परिवारमा पनि एलर्जी हुने जोखिम बढी हुन्छ । भुत्ला हुने जनावरहरू कुकुर, बिरालोको रौं बराबर भुईंमा झरिरहन्छ । जुन एलर्जीको कारण बन्दछ ।
जोखिम
(नाकको एलर्जीले साइनसको आस्टिया (हड्डीको प्वाल) लाई बन्द गर्न सक्छ । जुन पछि गएर साइनोसाइटिस (पिनास)को कारण बन्न सक्छ । यसले नाकभित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ । (यसले आडिटरी ट्युब (श्रवण) नलिलाई बन्द गर्न सक्छ । जसले गर्दा कानको मध्य भागमा पानी भरिन सक्छ ।
बच्ने उपाय
१. इन्फेक्सनबाट बच्ने प्रयास गर्ने ।
२. चिसो हावा, धुलो (धुवाँ र ओसिलो ठाउँबाट बच्ने ।
३. घरबाट बाहिर निस्किँदा कोसिस गर्ने कि धूलोको कण नाकभित्र नजाओस् ।
४. यदि धुलो, धुवाँ भएको ठाउँमा जानुप¥र्यो भने मास्क या रुमाल राखेर जाने ।
५. घरको पाल्तु जनावर कुकुर, बिरालो आदिको धेरै नजिक नजाने ।
६. घर या कार्यालयमा जहाँ ओसिलो छ, त्यहाँ नजाने ।
७. धूमपान नगर्ने । यदि छेउको कुनै व्यक्तिलाई चुरोटको धुवाँले एलर्जी छ भने उसको अगाडि धूमपान नगर्ने ।
८ कुनै खाद्य पदार्थ खानाले यदि नाकमा एलर्जी हुन्छ भने त्यो वस्तुको सेवन नगर्ने ।
९.नाकको एलर्जीले बढी तकलिफ भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ ।
१०. जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो वस्तुको प्रयोग गर्न बन्द गरिदिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनै पनि प्रकारको कस्मेटिक साधनको प्रयोग नगर्ने ।
११. हाम्रो वरिपरि मौजुद रहेको एलर्जी उत्पन्न गराउने तत्वहरू (एलर्जन) बाट बच्नुने एलर्जीको सबैभन्दा राम्रो उपचार हो ।
१२. धेरैजसो व्यक्तिहरूको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै वस्तु विशेषको सम्पर्कमा आउने साथै उनीहरूलाई एलर्जी भइहाल्छ । धेरैजसोलाई अर्काको चिज प्रयोग गर्नाले पनि एलर्जी भइहाल्छ । जस्तै, सुत्ने ओछ्यान, टाबेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । उनीहरूले यस कुराको विशेष ख्याल राख्नु पर्दछ ।
१३. घरमा बत्ती (सलेदो) भएको स्टोभको ठाउँमा एलपीजी या इलेक्ट्रिक स्टोभको प्रयोग गर्नुपर्दछ ।
१५. घर यदि सड़क छेउमा छ भने बाहिर को धुलो (माटो कोठा भित्र आउन रोक्नको लागि झ्यालढोका सकेसम्म बन्द राख्नु पर्दछ ।
१७. धेरैलाई फूलको बास्नाले पनि एलर्जी हुन्छ, यस्ता व्यक्तिहरूले फूल फुल्ने किसिमको बिरुवा कोठामा राख्नु हुँदैन ।
१८. आफ्नो ओछ्यानलाई सफासुघर राख्नुपर्दछ ।
२०. घरको भित्तामा ढुसी या जालो लागेको छ भने त्यसलाई ब्लिचको माध्यमले सफा गर्नुपर्दछ ।
Leave a Reply