• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कुष्ठरोगीबारे सर्वेक्षण गर्दै

December 16th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठरोगीबारे सर्वेक्षण गर्दै

काठमाडौँ, २९ मंसिर : सरकारले जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका कुष्ठरोगीको खोजी गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाले पुसको तेस्रो सातादेखि रुपन्देही, कपिलवस्तु, नवलपरासी र कैलाली जिल्लामा कुष्ठरोगीबारे सर्वेक्षण गर्दैछ । महाशाखाका परामर्शदाता छालारोग विशेषज्ञ डा रवीन्द्र बास्कोटाले सर्वेक्षणका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्ता र छालारोग विशेषज्ञ संलग्न रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आव २०७३÷०७४ मा बढेर ० दशमलव ९२ पुगेको पाइएपछि हामीले जोखिम मानिएका जिल्लामा लुकेर रहेका कुष्ठरोगी खोजी गर्न लागेका हौँ ।”

नेपालमा विसं २०६६ मा कुष्ठरोगको प्रकोपदर प्रतिदश हजार जनसंख्यामा एकभन्दा कम अर्थात् ० दशमलव ७७ कुष्ठरोगी रहेको घोषणा भए पनि अझै निवारण गर्नुपर्ने अवस्था छ । शुरुकै अवस्थामा नै रोगी पहिचान गरी अन्य रोग सर्नबाट र अपांगतायुक्त हुनबाट बचाउन र एकीकृत स्वास्थ्य प्रणालीमार्फत कुष्ठरोगको गुणस्तरीय सेवा उपलब्ध गराउन सर्वेक्षणले मद्दत पुग्ने बताइएको छ । एक महिनामा पूरा गर्ने लक्ष्य राखिएको सर्वेक्षणका लागि रु एक करोड खर्च हुनेछ । आव २०७३÷०७४ मा तीन हजार बढी नयाँ कुष्ठरोगी फेला परेका थिए । सरकारले सन् २०२०(विसं २०७७ तिर) भित्र सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बैतडीका एचआइभी संक्रमित बालबालिका समस्यामा
Next article मधुमेहबाट बच्ने पाँच सूत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134487
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web