• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

कर्णालीमा मातृशिशु निगरानी परियोजना लागू

December 16th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णालीमा मातृशिशु निगरानी परियोजना लागू

जुम्ला, १ पुस : कर्णालीका आमा र बच्चाको स्वास्थ्य अवस्था सुरक्षित राख्न जुम्लाबाट “मातृशिशु निगरानी तथा प्रतिकार्य” परियोजना लागू गर्न लागिएको छ ।यूनिसेफको सहयोगमा नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय जुम्लाद्वारा “मातृशिशु निगरानी तथा प्रतिकार्य” परियोजना एकसाताभित्रै शुरु गरिने भएको छ । गर्भवती भएको समयमा आमा र बच्चाको मृत्यु हुन नदिन र मृत्यु भए किन र कसरी भएको भन्ने कारण पत्ता लगाइ त्यसको रोकथाम गर्न यो परियोजना लागू गर्न लागिएको महाशाखाका नर्सिङ अधिकृत केशु काफ्लेले बताउनुभयो । सो परियोजना लागू गर्नका लागि शुक्रबार यहाँ एक अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो ।
“परियोजना अन्तर्गत भावी दिनमा घटना हुन नदिन घटना भइसकेपछि हामी कमजोरी खोतल्छौं र त्यसको रोकथाम तथा समाधानमा जोड दिन्र्छौं,” अधिृकत काफ्लेले भन्नुभयो । हरेक मृत्युले गणना हुनु पाउनुपर्छ भन्दै अधिकृत काफ्लेले कर्णालीका दुर्गम जिल्लाका ग्रामीण भेकका आमाहरुले मृत्यु भइसकेपछि समेत गणना हुने अधिकार नपाएको टिप्पणी गर्नुभयो ।अभिमुखीकरणका सहभागीले सामाजिक जनचेतनाको कमी, गरिबी, स्वास्थ्यकर्मीको लापरबाही, औषधिको अभाव, भौगोलिक दुर्गमता र शीघ्र सेवाको व्यवस्था नहुँदा यहाँका गर्भवती आमा र शिशुले अकालमा ज्यान गुमाउनु परेको कुरा औंल्याएका थिए । यसमा स्वास्थ्य निकायबाट मात्र यो अभियान पूरा नहुने भन्दै सरोकारवाला निकायलाई सहयोग गर्न अपिल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडलले कर्णालीको आमा र शिशुको स्वास्थ्य अवस्था सुरक्षित गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मिडवाइफेरि कार्यक्रम शुरु हुन थालेको जनाउनुभयो । उहाँले यो कार्यक्रमका विषयमा स्थानीय तहका जनप्रतिनिधिलाई पनि अभिमुखीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख अंगदबहादुर शाहीले गत वर्ष गर्भवती एउटा आमाको मृत्यु भए पनि यो वर्ष कुनै त्यस्तो घटना नघटेको जानकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिनावारी हुँदा यौनसम्पर्क
Next article बैतडीका एचआइभी संक्रमित बालबालिका समस्यामा

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134186
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web