• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

नवजात शिशुलाई कसरी नुहाउने

December 21st, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नवजात शिशुलाई कसरी नुहाउने

डा. मञ्जला नकर्मी

बच्चाको सरसफाइ जति महत्वपूर्ण छ त्यति नै बच्चालाई आनन्द लाग्ने गरी नुहाउन सक्नु आमाको कर्तव्य हो । शिशुको स्नान, कलाबारे आउनुस् जानकारी लिउँ ।मनतातो पानी, कट्न बड्स, नरम तौलिया, बेबी साबुन, सेम्पु, बेबी पाउडर र सफा कपडा । शिशुलाई नुहाउने ठाउँको तापमान कम्तीमा २१ डिग्री सेल्सियस जति हुनुपर्दछ । शिशुलाई बेबी बाथटब वा धारिलो किनार नभएको बाटा वा फराकिलो भाँडामा नुहाउन सकिन्छ ।

१. बच्चाको कोमल त्वचाले धेरै तातो वा चिसो पानी सहन सक्दैन । बच्चाको शरीर र पानीको तापक्रम लगभग बराबर बनाएरमात्र नुहाउन उपयुक्त भएकाले सबैभन्दा पहिले पानी छोएर जाँच गर्नुहोस् ।

२. बच्चालाई बेरेको तौलिया (रुमाल) हटाएर उसलाई सावधानीपूर्वक टबमा राख्नुहोस् । आफ्नो एउटा हातले बच्चाको अर्को हात समाती टाउको उचालेर राख्नुहोस् । कुनैकुनै बच्चा नुहाउँदा खेल्न रमाउँछन् । त्यसो हो भने नरम खेलौना दिए हुन्छ । खेलौनाले छरेको साबुन पानी आँखा मुखमा नपरोस् भन्ने ध्यान पु¥याउनु पर्छ ।

३. टबभित्र स्पन्ज राखेमा शिशु चिप्लिने डर हँुदैन । यदि बच्चा बढी चकचके छ भने उसले तातोपानीको धारा खोल्न नसकोस् भन्ने ध्यान पु¥याउनु आवश्यक छ ।

४. नुहाउन्जेल बच्चालाई लगातार एउटा हातले समातेर अर्को हातले नुहाइराख्नुस् । नुहाइसकेपछि शिशुलाई हल्कासँग तौलियामा बेर्नुहोस् ।

५. तौलियाले आफैं सोसेको पानीबाहेक अरू पानी हल्कासँग पुछेर जिउको चिसोपन एकछिन सुक्न दिनुहोस् । त्यसपछि बेबी पाउडर लिएर बच्चालाई लगाइदिनुस् । हामीले ध्यान दिनुपर्ने कुरा के छ भने छर्केर पाउडर लगाउँदा बच्चाको आँखा र मुखमा परेर फोक्सोमा असल पर्न सक्ने भएकोले बरफको सहायताले मात्र पाउडर लगाउन उपयुक्त हुन्छ ।

सावधानी

आफ्नो शिशुलाई पानीमा एक्लै कहिल्यै नछोड्नुहोस् । सानो बच्चा ५ से.मि.वा दुई इन्च पानीमा केही सेकेन्डमै डुबेर जोखिममा पर्न सक्छ । अग्लो सतहमा बच्चालाई नछोड्नु्होस्, ऊ लड्न सक्छ । नुहाउँदा टबमा बाथमेट वा स्पन्ज राख्नुहोस् । बच्चालाई नुहाउनु अघि पानीको ताप सधैं जाँच्नुहोस् ।

बच्चालाई कपडामा किन बेरिन्छ  ?

तपार्इंले पनि हेर्नु भएको होला, धेरैजसो बच्चालाई कपडामा बेरेर राखिन्छ । यसो गर्नुको कारण के हो भने बाह्य वातावरण, प्रकाश हावा आदि नवजात शिशुको लागि उदेकलाग्दो हुन सक्छ तर कपडामा बेरिएर कस्दा उसलाई गर्भमै भएको आभास हुन्छ । शिशु आमासँग टाँसिएर बस्दा गर्भकै भएको महसुस गर्छ तर हरेक समय यो सम्भव हुँदैन त्यसैले त्यस्तो अनुभूति दिन शिशुलाई कपडामा बेरेर राखिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. देवकोटाको उपचारका बिषयमा झुट्टा कुरा नलेख्न आग्रह
Next article स्तनपात गराउने सही तरिका

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132693
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web