• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. देवकोटाको रोग पत्ता लगाउन बेलायती डाक्टरहरुलाई हम्मे हम्मे

December 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. देवकोटाको रोग पत्ता लगाउन बेलायती डाक्टरहरुलाई हम्मे हम्मे

हेल्थ टुडे

काठमाडौं, ७ पुष :  बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका ख्याति प्राप्त वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको रोग पहिचान गर्न बेलायतका डाक्टरहरुलाई समेत हम्मे हम्मे परेको छ । यही रोग लागेको हो भनेर उपचारमा संलग्न चिकित्सकहरुले समेत अहिलेसम्म नभनेको तर बेलायतकै वरिष्ठ चिकित्सकहरुको निरन्तर प्रयास स्वरुप डा. देवकोटाको स्वास्थ्य अवस्था समान्य रहेको पारिवारिक स्रोतले बताएको छ ।

६३ वर्षिय डा. देवकोटा बेलायतमा अध्ययनरत छोरी भेट्न पत्नी डा. मधु देवकोटा सहित केही दिन पहिले लण्डन गएका थिए । डा. देवकोटा एक्कासी अचेत भएपछि उनलाई उपचारका लागि किङ्स कलेज हस्पिटल भर्ना गरिएको हो । डा. देवकोटाले न्यूरो सम्बन्धि उच्च शिक्षा बेलायतको अल्किन्सन मोर्ले हस्पिटलबाट लिएका हुन् । बेलायतका वरिष्ठ चिकित्सकहरुसँग राम्रो सम्बन्ध भएकाले उनी अस्पताल भर्ना भएको थाहा पाएपछि त्यहाँका बरिष्ठ चिकित्सक नै उनको उपचारमा  संलग्न रहेको पारिवारिक स्रोतले बताएको छ । डा. देवकोटाका भतिजा बसन्त देवकोटाले उनको स्वास्थ्य अवस्था समान्य रहेको खबर प्राप्त भएको बताए । उनले भने, ‘ उहाँ अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको छ । यही समस्या भएको अझै थाहा हुन सकेको छैन । ’

डा.देवकोटा बिरामी परेर लण्डनमा उपचार गराइरहेको खवर पाएपछि उनको स्वास्थ्य अवस्था बुझ्न बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी र दूतावासका कर्मचारी अस्पताल पुगेका थिए । डाक्टरहरुले नै रोगबारे भन्न स्पष्ठसंग भन्न नसकेकाले डा. देवकोटालाई यही नै भएको हो भन्न सकिने अवस्था नभएको दूतावास स्रोतले जनाएको छ । डा. देवकोटा दक्षिण एशियाकै उत्कृष्ठ वरिष्ठ न्यूरो सर्जनका रुपमा चिनिन्छन । पूर्व राजा ज्ञानेन्द्रले सत्ता लिएपछि वीर अस्पतालको न्यूरो विभागमा कार्यरत डा. देवकोटालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि उनले सरकारी सेवा छोडेर बासवारीमा आफ्नै लगानीमा न्यूरो अस्पताल सञ्चालनमा ल्याएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रामेछापमा एन्टिवायोटिक पाउनै छोड्यो !
Next article डा.प्याकुरेललाई सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web