• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख

December 23rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख

हेल्थ टुडे

काठमाडौं, ८ पुष :  बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको पारिवारिक स्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको खवर प्राप्त भएको ती सदस्यले बताए ।

डा.देवकोटालाई देखिएको स्वास्थ्य समस्याका बिषयमा उपचारका संलग्न चिकित्सकले समेत परिवारका सदस्यलाई नबताएकोले उनलाई यही रोग लागेको भन्न सक्ने अवस्था भने अहिले नै नरहेको परिवार निकट सदस्यको भनाई छ । डा. देवकोटासँगै बेलायतमा रहेकी उनकी पत्नी डा.मधु देवकोटाले पनि यस बिषयमा आफन्तहरुलाई कुनै माध्यमबाट जानकारी नदिएको डा. देवकोटाको पारिवार नजिकका एक डाक्टरले बताए । ती डाक्टरले भने, ‘ डा. मधुले पनि यस बिषयका कुनै जानकारी गराउनु भएको छैन् । उहाँ साइलेन्ट हुनुहुन्छ ।’

एक ख्याती प्राप्त बरिष्ठ चिकित्सक, जस्ले हजारौ नेपालीको ज्यान बचाएको छ, यसको अवस्थाका बारेका के भएको रहेछ ? भन्ने जिज्ञासा हुनु स्वभाविक भएको बताउदै ती डाक्टरले भने, ‘हामी सबैको चाहना डा. देवकोटा निको भएर स्वदेश फकून र अझै हजारौ नेपालीको ज्यान बचाउन सकून भन्ने हो ।’ डा. देवकोटा विरामी भएर बेलायतमा उपचार गराइरहेको खवर सार्वजनिक भएपछि नेपालमा मात्र नभएर विदेशमा समेत हजारौ मानिस उनको स्वास्थ्यको कामना गरिरहेका छन् । डा. देवकोटालाई कलेजो वा प्याङ्क्यिाजको क्यान्सर भएको हल्ला चले पनि त्यो निराधार भएको ती सदस्यले बताए ।  हल्लाका भरमा कुनै व्यक्तिको गोपनियताको हकको हनन् गर्न नहुने ती सदस्यको जिकीर छ ।

६३ वर्षिय डा. देवकोटाले न्यूरो सम्बन्धि उच्च शिक्षा बेलायतको अल्किन्सन मोर्ले हस्पिटलबाट लिएका हुन् । दक्षिण एशियामा मात्र नभएर बेलायतमा समेत डा. देवकोटा चिरपरिचित रहेको र बेलायतका वरिष्ठ चिकित्सकहरुसँग राम्रो सम्बन्ध भएकाले उनको उपचारमा कुनै कमि नभएको परिवारका अर्का सदस्यले बताए । डा. देवकोटाको स्वास्थ्य अवस्था प्रति बेलायतस्थित नेपाली राजदुतावासले पनि सक्दो पहल गरिरहेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किस्ट मेडिकल कलेजमा आन्दोलन, ओपिडी ठप्प
Next article सरकारले नै औषधिको मूल्य तोक्नुपर्छ 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web