हेल्थ टुडे
काठमाडौ : विभिन्न पत्रपत्रिका, अनलाईन, रेडियो र टेलिभिजनमा विज्ञापन प्रकाशन प्रशारण गरेर यौन शक्ति बढाउने औषधि बिक्रीमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले यौन शक्ति बढाउने, यौन सफल बनाउने, सिघ्र स्खलन रोक्ने, लिंग ठूलो बनाउने, स्तनको आकार बढाउने जस्ता प्रचार गरेर यस किसिमका औषधि र रसायन बिक्री बितरण गर्दै उपभोक्तालाई झुक्याउदै फाइदा लिइरहेका थिए । व्यापक जनगुनासो बढेपछि प्रहरीले ‘ अपरेसन इल्युजन’ अन्तर्गत यस किसिमका औषधि बिक्री गर्ने पशल र उत्पादन गर्ने उद्योगमाथि छापा मारेको हो । प्रहरीले उनीहरुबाट यौनबद्र्घक भनिएका क्याप्सुल, ट्यावलेट,मल्हम लगायतका ठूलो परिणाममा औषधि बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा अधिकांश नेपाली र केही भारतीय नागरिक छ ।
पक्राउ पर्नेमा गोर्खा हर्वो बिजका सुदिल ढकाल, हर्वल सप नेपालका सूर्यबहादुर राइमाझी, कान्तिपुर टेलिसपका रत्न घिमिरे, सितारा हर्वलका यमनाथ पौडेल, एशियन हर्वल होमकी सुप्रभा केसी, नेचुरल टेलिसप सेन्टरका रबिन खड्का, ग्लोवल टिभी प्रोडक्ट सपका पवनकुमार भारती लगायत छन । त्यसैगरि भारतीय हरियाणाका बिकाश गोयल र उतराखण्डका मेजर सिंह पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार यी कम्पनी मध्ये केहीले प्रवन्धपत्रका उल्लेख गरिएभन्दा बिपरित काम गरेको पाइएको छ भने केही दर्ता नै भएका छैनन् । पक्राउ परिएकाहरुलाई आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।
Leave a Reply