• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रोस्थोडोन्टिष्ट समाजको पाँचौ सम्मेलन धुलिखेलमा

January 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रोस्थोडोन्टिष्ट समाजको पाँचौ सम्मेलन  धुलिखेलमा

हेल्थ टुडे

काठमाडौ, १९ पुष : नेप्लीज प्रोस्थोडोन्टिक सोसाईटी (दन्च चिकित्सक) को पाचौ राष्ट्रिय सम्मेलन यही पौष २८ र २९ गते धुलिखेलमा हुने भएको छ । सम्मेलन र ब्यापार प्रर्दशनी काठमाडौं बिश्वविद्यालय धुलिखेल अस्पतालको अडिटोरियम र  धुलिखेल  लज रिर्जाेटमा हुने छ । प्रोस्थोडोन्सियामा डिजिटल प्रविधिलाई बढावा भन्ने नाराका साथ हुने उक्त सम्मेलनको ८५ प्रतिशत तयारी पुरा भइसकेको जानकारी आयोजक समितिले दिएको छ । सम्मेलन आयोजक समितीमा अध्यक्ष डा. प्रमोदजोशी, सचिव डा. सिद्धार्थ दिक्षित, बैज्ञानिक शत्र अध्यक्ष डा. प्रभात श्रेष्ठ, स्थान तथा ट्रेड ब्यवस्थापन डा.दिपक थापा, आर्थिक डा. कञ्चना घिमिरे र प्रचार प्रसारमा डा. प्रकाश बुढाथोकी सहित १२ जना दन्त चिकित्सक छन् ।

पहिलो दिनको प्रथम सत्रमा क्याड क्यामसम्बन्धी प्रशिक्षण तथा प्रयोगात्मक अभ्यास हुने छ भने दोश्रो सत्रमा  स्नातोकोत्तर अध्ययनरत दन्त चिकित्सकहरुको प्रतियोगितात्मक पोस्टर तथा शोधपत्र हुनेछन् । दोश्रो दिन शनिवारका दिन अन्तराष्ट्रिय तथा राष्ट्रिय वक्ताहरुले विभिन्न विषयमा शोधपत्रहरु हुनेछन । अमेरिका, अस्ट्रेलिया,जर्मनी, स्विटजरल्याण्ड, हड्डकड्ड, बंगलादेश, भारत र नेपालका विज्ञहरुले ईम्प्लान्ट,नक्कली दात,आखा, कान गिजा र नक्कली दात, तार बान्ने लगायतका बिषयमा सोधपत्र प्रस्तुत गर्ने छन । सम्मेलनको उद्देश्य अनुसार खोज  तथा सोधपत्र  मात्र स्विकार गरिएको जानकारी सोसाईटीका अध्यक्ष डा. बिनोद आचार्य र सम्मेलनका बैज्ञानिक सत्रका अध्यक्ष डा. प्रभात श्रेष्ठले जानकारी दिए ।

बैज्ञानिक सत्र पश्चात नेपाली प्रोस्थोडोन्टिक सोसाईटीको साधारण सभामार्फत २ बर्षका लागि ९ सदस्यीय  कार्यकारी समिती चयन हुने सोसाईटीका महासचिव डा. सुरजभक्त माथेमाले बताए ।  । सम्मेलन स्थलमा एक दर्जन बढी दन्त सामग्री बिक्रेता, बितरक तथा नक्कली दात बनाउने ल्याबहरुले आफ्ना स्टल राख्नेछन् ।  एक दर्जन अन्तरराष्ट्रिय सहभागीले सहभागीता निश्चित गरिसकेका छन भने संख्या थपिदै गएको आयोजकले बताएको छ । सम्मेलनमा दन्त चिकित्सा क्षेत्रका २ सय बढी सहभागी हुने  सम्मेलन प्रचारप्रसार संयोजक डा.प्रकाश बुढाथोकीले बताए ।  सम्मेलनमा सहभागी हुने सबैले नेपाल मेडिकल काउन्सिलले मान्यता दिएको नेपाल चिकित्सक संघको सि.पी.डि.क्रेडिट प्वाईण्ट समेत पाउने डा. बुढाथोकीले  जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article न्यूरो र इशान बाल अस्पतालविरुद्ध ठगी मुद्दा दर्ता
Next article ओम हस्पिटलले भित्र्यायो एक दर्जन थप विशषेज्ञ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134406
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web