• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

के ट्रम्पलाई मानसिक समस्या छ ?

January 7th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के ट्रम्पलाई  मानसिक समस्या छ ?

वासिङ्टन (बीबीसी)  :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोह्वाइटहाउस यात्राबारे पत्रकार माइकल वोल्फले लेखेको पुस्तकमा समावेश विवरण र त्यसबारे प्रतिक्रियापछि उनको ‘मानसिक अवस्था’ बारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । ट्रम्पका विपक्षीहरूले पहिल्यैदेखि नै उनी राष्ट्रपतिका लागि मानसिक रूपमा उपयुक्त नभएको बताउँदै आएका थिए । तर दुई दिन अगाडि सार्वजनिक भएको वोल्फको पुस्तकसँगै यसबारेका पोस्टले सामाजिक सञ्जालमा बहस तातेको छ । बीबीसीले व्यक्तिगत स्वभाव, कडा मिजास र वाक शैलीका कारण विगतका राष्ट्रपतीय कार्यकालमा भन्दा केही राजनीति परिवर्तन भएको जनाएको छ । तर यिनै विशेषताका कारण उनका आलोचकलाई उनको मानसिक अवस्थाबारे थप प्रश्न खडा गर्ने मौका मिलेको छ ।

वोल्फले ‘फायर एन्ड फयुरी स् इन्साइड दि ट्रम्प ह्वाइटहाउस’ नामक पुस्तकमा ट्रम्पले कतिपय विषय दोर्होयाइरहने उल्लेख गरेका छन् । यसको कारण स्मरणशक्तिको ह्रास भएको आशंका गरिएको छ । ट्रम्पको यस्तो बानी ‘डिमेन्सिया’ को लक्षण हो । विश्व स्वास्थ्य संगठनका अनुसार उक्त रोगबाट ६० वर्षमाथिका ५ देखि ८ प्रतिशत मानिस पीडित छन् । अमेरिकी राष्ट्रपति ७१ वर्षका छन् । कतिपय मनोवैज्ञानिकहरूले ट्रम्पको व्यवहारमा उक्त लक्षणहरू देखिँदै गएको आशंका गरेका थिए । यसबारे कपितप पुस्तकहरू पहिल्यै नै बजारमा उलपब्ध छन् । बन्डी एक्स लीको ‘द डेन्जरस केस अफ डोनाल्ड ट्रम्प’, एलेन फ्रान्सेसको ‘ट्वीलाइट अफ अमेरिकन स्यानिटी’ र कुर्ट एन्डरसनको ‘फेन्टासिल्यान्ड’ केही उदाहरण हुन् । एल विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक लिले गतमहिना डेमोक्रयाट पार्टीका सिनेटरहरूसँग राष्ट्रपति ट्रम्पमा ‘मनोरोगीका लक्षण’ देखा पर्न थालेको बताएका थिए । तर कसैले पनि उनको अवस्थाबारे कानुन तथा नैतिक मर्यादाबारे प्रश्नभने उठाएका छैनन् ।

अमेरिकी संविधानको २५ औं संशोधनले यदि कुनै पनि राष्ट्रपतिले ‘आफ्नो कार्यक्षमता तथा कर्तव्य पूरा गर्न असमर्थ भए’ उप–राष्ट्रपतिले उक्त जिम्मेवारी बहन गर्ने व्यवस्था गरेको छ । यसअघि अब्राहम लिंकन पनि ‘डिप्रेसन’ को सिकार भएका थिए । सन् १९८१ देखि १९८९ सम्म अमेरिकी राष्ट्रपति बनेका रोनाल्ड रेगनले पाँच वर्षसम्म ‘अल्जाइमर’ रोगको उपचार गराएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् केपी ओलीका छोराछोरी !
Next article स्तनपान गराउने आमा तनावरहित

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132581
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web