• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कडा कुपोषणबाट १५ % बालबालिका पीडित

January 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कडा  कुपोषणबाट १५ % बालबालिका पीडित

लहान, २३ पुस : सिरहामा करिब १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको एक अध्ययनले देखाएको छ ।‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा परेको देखाएको हो ।गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण सिरहामा कडा खालको कुपोषणबाट १५ प्रतिशत बालबालिका पीडित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशभरिमा १० प्रतिशत र प्रदेश नं २ मा १४ दशमलव ४ प्रतिशत बालबालिका कडा कुपोषणको मारमा परेका छन् । ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने शहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषणको समस्या बढ्दो रहेको प्रमुख डा दासको भनाइ छ ।उहाँका अनुसार पाँच वर्षसम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषणग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको तथा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ ।

कुपोषण समस्यालाई दृष्टिगत गरी युनिसेफ र डब्ल्युएफपीको आर्थिक सहयोग, युके एड, रिपब्लिक फ्रान्सिस, ग्लोबल हेल्थ एलाइन्स नेपाल, नेपाल पब्लिक हेल्थ फाउन्डेसन, अस्ट्रेलियन एडको समन्वय र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लामा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याइएको जनस्वास्थ्य प्रमुख डा दासले बताउनुभयो ।गत साउन र भदौमा आएको बाढीको चपेटामा परेका जिल्लाका बालबालिकाको पोषणमा परेका असरलाई सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पोषणयुक्त पीठो बाँडिएको छ भने कतिपय स्थानमा बाँड्नेक्रम जारी रहेको बताउनुहुँदै प्रमुख डा दासले आमालाई तयारी खाना वितरण गर्ने, बच्चाको पाखुराको नाप र वजन लिने काम भइरहेको समेत जानकारी दिनुभयो ।कार्यक्रमअन्तर्गत जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुपोषण व्यवस्थापन र उपचारका विषयमा तालीम दिइएको छ ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्तनपान गराउने आमा तनावरहित
Next article आरोग्यको सहकार्यमा डायलाइसिस सेवा सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132297
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web