• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी कम गर्न सकिन्छ ५० प्रतिशत ब्लड प्रेसर 

January 15th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी कम गर्न सकिन्छ ५० प्रतिशत ब्लड प्रेसर 

डा. प्रकाशराज रेग्मी,

उच्च रक्तचाप बढ्नु र घट्नुमा हाम्रो जीवनशैली र क्रियाकलापले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामीले आफ्नो जीवनशैलीमा मात्र सुधार ल्याएर अगाडि बढ्न सके ५० प्रतिशतभन्दा बढी उच्च रक्तचापको समस्याबाट मुक्त हुन सकिने चिकित्सकहरू बताउँछन् । मुटु, मिर्गौला, मधुमेहलगायतका नसर्ने रोगहरूको प्रमुख कारक उच्च रक्तचापलाई लिइन्छ । त्यसैले यसका विषयमा समयमै सचेत भएर आफ्नो दैनिकी परिवर्तन गर्नु आवश्यक छ । उच्च रक्तचाप रोकथाम र नियन्त्रणका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।

१. दैनिक पाँच ग्रामभन्दा कम नुन 

एउटा स्वस्थ व्यक्तिले प्रतिदिन पाँच ग्रामभन्दा बढी नुन खान हुँदैन । शरीरको लागि अत्यावश्यक लवण तत्व नुन थोरै भए पनि पुग्छ । नुनले रक्तचाप वृद्धि गर्ने भएकोले उच्च रक्तचाप भएका बिरामी, मुटु रोगी एवं मधुमेहका रोगीहरूले दिनमा चार ग्रामभन्दा बढी नुनको प्रयोग गर्नु हुँदैन ।

अत्यधिक मात्रामा नुन हुने खानेकुराहरू जस्तै पापड, ससेज, सस, सिसीको अचार, दालमोठ, भुजिया तथा दिनको बट्टामा हुने खानेकुराहरू सकेसम्म कम खानुपर्दछ । खानामा नुन छर्केर वा थपेर खाने बानी गर्नु हुँदैन ।

२. चिल्लो र बोसोयुक्त खानेकुरा कम

तेलमा डुबाएका वा भुटेका खानेकुराहरू, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चीजजस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू कम खानुपर्छ । यसले उच्च रक्तचाप बढाउन सहयोग गर्छ ।

३. सन्तुलित भोजन

कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो भिटामिन र खनिज पदार्थ पाइने खानाहरू खाने र प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खानु पर्छ । सागपात खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसैले मासुमा भन्दा सागपातका बढी जोड दिनुपर्छ । पोलेको मासु स्वास्थ्यका लागि राम्रो होइन ।

४. मोटोपन नियन्त्रण 

मोटोपन भएका मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । त्यसैले शरीरको तौल सन्तुलित राख्नुपर्दछ । उदाहरणको लागि तपार्इं आफ्नो उचाइलाई सेन्टिमिटरमा नाप्नुहोस् अनि त्यसबाट एक सय घटाउनुहोस् त्यसबाट आएको परिणाम नै तपाईंको सही तथा ठीक वजन हुनेछ । यसको १० प्रतिशतसम्म तलमाथि भएसम्म सामान्य मानिन्छ । जस्तै कसैको उचाइ १६० सेन्टिमिटर छ भने उसको सही वजन ६० केजी हुन्छ । यसको १० प्रतिशत अर्थात् ६ केजी तलमाथि (५४ केजीदेखि ६६ केजी) भएसम्म पनि सामान्य मान्न सकिन्छ ।

५. तनावबाट मुक्त

तनावले रक्तचाप बढाउँछ । तनाव कम हुने काममा मात्र हात हाल्नुपर्छ । एउटै व्यक्तिले धेरै पद ओगट्दा दबाबमा काम गर्नुपर्छ । त्यसैले सकेसम्म धेरै पदमा बस्नु हँुदैन । यसले रक्तचाप नियन्त्रण गर्न सघाउँछ ।

६. नियमित व्यायाम

हरेक मानिसले प्रत्येक दिन कम्तीमा आधा घन्टा सक्रिय खालका कुनै न कुनै व्यायाम गर्ने जस्तैः हिँड्ने, दगुर्ने, पौडी खेल्ने, डोरी खेल्ने, साइकल चलाउने, खेतबारीमा काम गर्नेजस्ता क्रियाकलापहरू गर्नुपर्दछ । उच्च रक्तचापबाट बच्न हिँड्नु नै सबैभन्दा राम्रो र सरल व्यायाम हो । नियमित राम्ररी गर्ने उच्च रक्तचापका व्यक्तिहरूमा औषधिले समेत राम्ररी काम गर्ने गरेको तथ्य प्रमाणित भएको पाइएको छ ।

७. धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन बन्द

धूमपान वा सुर्तीजन्य पदार्थहरूको सेवन गर्ने व्यक्तिहरूमा उच्च रक्तचाप तथा यसका जटिलता हुने सम्भावना धेरै हुन्छ । अतः यस्ता हानिकारक वस्तुहरूको सेवन कदापि गर्नु हुँदैन । यदि उच्च रक्तचाप भएका व्यक्तिहरूमा यस्तो अम्मल छ भने पनि यसलाई चटक्कै र तुरुन्तै छोड्नु पर्छ ।

८. रक्सी, बियर, जाँड हानिकारक वस्तुहरू निषेध 

खुसी भए पनि ल रक्सी खाइहालौं न र दुःखी भए पनि ल आज त टेन्सन भयो भन्दै रक्सी पिउने चलन समाजमा छ । रक्सी, बियर वा धूमपानले रक्तचाप र क्यान्सरसम्म हुने अवस्था निम्त्याउन सक्छ ।

९. नियमित रक्तचापको जाँच

उमेर बढ्दै गएपछि स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । विशेषगरी ४० वर्ष नाघेपछि हरेक तीनतीन महिनामा नियमित रूपमा रक्तचापको जाँच गराउनु राम्रो मानिन्छ ।

१०. उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि

उच्च रक्तचाप भएका व्यक्तिहरूका लागि औषधिको कुनै विकल्प छैन । त्यस्ता व्यक्तिहरूले स्वास्थ्यकर्मीले सिफारिस गरेबमोजिम नछुटाइकन औषध खाने गर्नुपर्छ । औषधि खाएन भने उच्च रक्तचापको नकारात्मक असर पक्षाघात, हृदयाघात, मिर्गाैलाले काम नगर्ने, अकस्मात मृत्युसमेत हुन सक्छ । उच्च रक्तचाप भएका व्यक्तिले दैनिक नियमित औषधि खाने, स्वाथ्यकर्मीसँग नियमित शारीरिक र रक्तचाप जाँच गराउनुपर्छ । यदि उच्च रक्तचाप नियन्त्रणमा छ भने तपाईं अन्य व्यक्ति सरह सामान्य जीवन बिताउनु सक्नुहुन्छ । ( डा. रेग्मी वीर अस्पतालका बरिष्ठ मुटु रोग विज्ञ हुन । )
Ativador Windows 10 Ativador Office 2010

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला फेल भएकै कारण मैले आमा गुमाए, अब कसैले गुमाउनु नपरोस्
Next article एमबिबिएस आरक्षित सिटमा आन्तरिम आदेश

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134436
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web