• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देउराली जनताले मनायो २७ औं बार्षिकोत्सव

January 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देउराली जनताले मनायो २७ औं बार्षिकोत्सव

हेल्थ टुडे

काठमाडौं, १६ माघ :  नेपाली औषधि उद्योगमा अग्रणी औषधि उद्योगका रुपमा आफूलाई उभ्याउन सफल देउराली जनता फर्मास्विटिकल्सले मंगलबार राजधानीको धापासीस्थित कम्पनीको प्राङ्गणमा भव्यताका साथ आफ्नो २७ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ४४ प्रतिसत औषधि स्वदेशमै उत्पादन गरेर नेपाली औषधि उद्योगहरुले आत्मनिर्भरताको बाटोमा अग्रसर भइरहेकोमा खुशी व्यक्त गर्दै सरकार र निजी क्षेत्रबिच सहकार्य गरेर अगाडि बढ्न सके औषधि आयात घटाउन सकिने बताए । उनले भने, ‘गत वर्ष ७० करोडको औषधि विदेश निर्यात गरेर नेपालबाट औषधि निर्यात गर्ने प्रसस्त संभावना रहेको देखाएकाले यसलाई भविश्यमा बढाउदै लैजानु पर्छ । ’ नेपालमा गुणस्तरीय ओषधि उत्पादनमा देउराली जनताले पुर्याएको योगदान उदाहरणिय भएको स्मरण गर्दै पुनले कम्पनीले नयाँ नयाँ रोग विरुद्घ औषधि उत्पादनमा लाग्नु पर्ने सुझाव दिए । एमाले महासचिव ईश्वर पोखरेलले रोजगारी सिर्जनामा मात्र नभएर गुणस्तरीय औषधि उत्पादनमा देउराली जनताले गरेको प्रगति प्रशंसनिय भएको बताए ।

 

समारोहमा देउराली जनता फर्मास्विटिकल्सका प्रवन्ध निर्देशक हरिभक्त शर्माले सरकारले औद्योगिक वातावरण बनाए अवको १० वर्ष भित्र औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने दावी गरे । अहिले २७ अर्वको औषधि आयात गर्नु परिरहेको र १२ देखि १५ अर्बको औषधि स्वदेशमै उत्पादन भइरहेको जानकारी गराउदै औषधि सम्बन्धी पुराना निति परिवर्तन गरेर उद्योगमैत्री बनाउनु पर्ने बताए ।

सरकारले युवाजनशक्तीलाई कामका लागि विदेश पठाउनु भन्दा स्वदेशमै काम गरेर खाने वातावरण बनाउनु पर्ने उनको सुझाव छ । देशमा बढी एनजिओ खोल्नु भन्दा उद्योग खोल्न सकेमात्र देशले विकासमा फड्को मार्ने उनले बताए । उनले भने, ‘ एनजिओले देश विकास हुने भए ३६ हजार एनजिओ भएको हाम्रो देश उहिल्यै विकसित भइसक्थ्यो । एनजिओले मागेर खान मात्र सिकाउछ ।’

एक अर्ब ३१ करोड लगानीमा सञ्चालित देउराली जनताले प्रति सिफ्टमा १२ करोड गोटा ट्यावलेट, ८ करोड ५० लाख गोटा क्याप्सुल, १५ लाख लिटर झोल औषधि, ३ लाख केजी डाई पाउडर र एक करोड ट्युव मल्हम उत्पादन गर्ने गरेको छ । बार्षिकोत्सव समारोहमा १५ वर्ष सेवा गरेका कर्मचारी र यही माघ १३ गते भएको देउरालीयन्स रनका बिजेता कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाँच वर्षमा ३ सय ९२ को मिर्गौला प्रत्यारोपण
Next article  स्थानिय तहको स्वास्थ्य सेवा गोलमाल हुने अवस्थामा 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132206
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web