हेल्थ टुडे
काठमाडौं : वटु टोल सुधार र ऋचा बजिमय स्मृति फाउण्डेसनको आयोजना तथा नेशनल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा राजधानीको नेपाल आदर्श मावि गणबहालमा पाठेघरको मुख तथा स्तन क्यान्सर परिक्षण स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले उद्घाटन गरेको उक्त सिविरमा २३० महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सर परिक्षण गरिएको थियो । स्वास्थ्य सिविरमा ऋचा बजिमय स्मृति फाउण्डेसनका अध्यक्ष डा. दीपकसुन्दर श्रेष्ठ सहित स्त्री रोग विज्ञ डा. उपासना मास्केले पाठेघरको मुखको क्यान्सरका बिषयमा जनचेतना जगाएका थिए । र सिविरमा ऋचा बजिमय स्मृति फोउण्डेसनका तर्फबाट ५ जना चिकित्सक र नेशनल क्यान्सर हस्पिटलका १० जना स्वास्थ्य प्राविधिकले परिक्षणमा सहयोग गरेका थिए ।
Leave a Reply