• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

मौसमी एलर्जीबाट कसरी बच्ने ?

February 3rd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मौसमी एलर्जीबाट कसरी बच्ने ?

बदलिँदो मौसममा एलर्जी हुनु अचेल सामान्य भइसकेको छ । मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ ।  शरीरको (इम्युन सिस्टम ) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले गर्दा मानिस एलर्जीको सिकार हुन्छन् । बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी), एलर्जिक अस्थमा (श्वास), स्किन एलर्जी र खाद्य पदार्थको एलर्जी हुनु सामान्य कुरो हो । मौसममा परिवर्तन हुँदा केटाकेटी, महिला तथा बूढापाकाहरूमा एलर्जीको समस्या पाँचदेखि आठ प्रतिशतसम्म बढ्न सक्छ । आमाबाबुमध्ये कुनै एकजनालाई कुनै प्रकारको एलर्जीको समस्या छ भने उनीहरूको सन्तानमा पनि एलर्जी हुने सम्भावना ५० प्रतिशत रहन्छ ।

लक्षण

शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार रुघा लाग्नु, हाच्छु आउनु, आँखा, नाक चिलाउनु, ज्वरो आउनुको साथै शरीरका मांसपेशीहरू दुख्नु, यसका सुरुका लक्षणहरू हुन् भने खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केही मिनेटपछि अनुहार चिलाउने, डाबर आउने, औंठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिसा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लड प्रेसर कम हुने, बेहोस भएर लड्ने आदि जस्ता लक्षणहरू देखिन्छन् । उपरोक्त लक्षणहरूको आधारमा नै एलर्जीको पहिचान हुन्छ । यदि अलिकति सावधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने  सजिलैसित यस रोगबाट छुटकारा पाउन सकिन्छ ।

मुख्य कारण

एलर्जी हुनुको मुख्य कारणहरूमा प्रदूषण, धूलो, माटो, घाँस, पराल एवं रूखपात, बिरुवाको परागकण हो । घरबाट बाहिर निस्किँदा  धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्दछ । यही एलर्जिक (नाकको म्युकसझिल्ली) को प्रदाह राइनाइटिसको कारण बन्दछ । यसको अलावा कुकुर, बिरालो पाल्ने घरपरिवारमा पनि एलर्जी हुने जोखिम बढी हुन्छ । भुत्ला हुने जनावरहरू कुकुर, बिरालोको रौं  बराबर भुइँमा झरिरहन्छ । जुन एलर्जीको कारण बन्दछ ।

जोखिम

नाकको एलर्जीले पछि गएर साइनोसाइटिस्  (पिनास) को कारण बन्न सक्छ ।

यसले नाकभित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ । यसले कानको आडिटरी ट्युब (श्रवण) नलीलाई बन्द गर्न सक्छ । जसले गर्दा कानको मध्यभागमा पानी भरिन सक्छ । यस्ता बिरामीहरूमा अस्थमा (दम) हुने जोखिम चार गुणाले बढी हुन्छ ।

बचावट

१.  इन्फेक्सनबाट बच्ने प्रयास गर्ने ।

२. चिसो हावा, धूलो, धुवाँ र ओसिलो ठाउँबाट बच्ने ।

३. घरबाट बाहिर निस्किँदा धूलोको कण नाकभित्र कमसे कम मात्रा जाओस् भनेर कोसिस गर्ने ।

४. यदि धूलो (धुवाँ भएको ठाउँमा जानु प¥यो भने मास्क या रुमाल राखेर जाने ।

५. घरको पाल्तु जनावर कुकुर, बिरालो आदिको धेरै नजिक नजाने ।

६. घर या कार्यालयमा जहाँ ओसिलो छ, त्यहाँ नजाने ।

७. धूमपान नगर्ने । यदि छेउको कुनै व्यक्तिलाई चुरोटको धुवाँले एलर्जी छ भने उसको अगाडि चुरोट नपिउने ।

८. कुनै खाद्यपदार्थ खानाले यदि नाकमा एलर्जी हुन्छ भने त्यो बस्तुको सेवन नगर्ने ।

९.नाकको एलर्जीले बढी तकलिफ भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ ।

१०. जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई टिपोट गर्ने र त्यो वस्तुको प्रयोग गर्न बन्द गरिदिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनै पनि प्रकारको कस्मेटिक साधनको प्रयोग नगर्ने ।

११. हाम्रो वरिपरि मौजुद रहेका एलर्जी उत्पन्न गराउने तत्वहरू (एलर्जन) बाट बच्नु नै एलर्जीको सबैभन्दा राम्रो इलाज हो ।

१२. धेरैजसो व्यक्तिहरूको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै वस्तु विशेषको सम्पर्कमा आउनसाथ त्यस्ता व्यक्तिलाई एलर्जी हुन्छ । धेरै जसोलाई अर्काको चिज प्रयोग गर्नले पनि एलर्जी हुन्छ । जस्तैः सुत्ने ओछ्यान,  रुमाल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । उनीहरूले यस कुराको विशेष ख्याल राख्नुपर्दछ ।

१३. घरमा शुद्ध हावा आउनेको व्यवस्था सुनिश्चित गर्ने ।

१४. घर यदि सड़क छेउमा छ भने  बाहिरको धूलो, माटो कोठाभित्र आउन रोक्नको लागि झ्याल ढोका सकेसम्म बन्द राख्ने या झ्यालमा सिसाको साथै मसिनो जाली लगाउने ।

१५. भान्छामा एक्जास्ट फेनको उपयोग गर्ने ।

१६. धेरैजसोलाई फूलको बास्नाले पनि एलर्जी हुन्छ,  यस्ता व्यक्तिहरूले फूल फुल्ने किसिमको बिरुवा कोठामा नराख्ने ।

१७. आफ्नो ओछ्यानलाई सफासुग्घर राख्ने ।

१८. घरमा भिजाएको कपडाले पोछा नलगाउने ।

१९. घरको भित्तामा ढुस्सी या जालो लागेको छ भने त्यसलाई ब्लिच गरेर सफा गर्ने ।

२०. बर्सात्को मौसम स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । तर, केही खास किसिमका रोगहरू जस्तै दम, मुटु रोग, क्यान्सरबाट ग्रसित व्यक्तिहरूको लागि यो मौसमले केही समस्या पनि ल्याउँछ ।

२१. प्रतिदिन विचार गर्नुस् कुन चिज खाएपछि वा लगाएपछि शरीरमा एलर्जीको लक्षण देखिन्छ । तपाईंले त्यस विशेष चिजको नाम अगाडि ० को निशान लगाई दिने र त्यो वस्तु खान वा लगाउन बन्द गरिदिने ।

उपचार

एलर्जीको उपचार भनेको हाम्रो बाह्य वातावरणमा मौजुद रहेको एलर्जनबाट बच्नु नै यसको सबैभन्दा राम्रो उपाय हो । आधुनिक चिकित्सा एलोप्याथिकमा यसको कुनै उपचार छैन, केवल जुन वस्तुसँग एलर्जी छ । त्यसको त्याग गरिदिनु हो । जस्तै, घामबाट एलर्जी छ भने घाममा नहिँड्ने, हिँड्नै प¥र्यो भने पनि छाता ओढेर हिँड्नुपर्दछ । यस्तै अन्य कुरामा पनि यही नियम लागू हुन्छ । होमियोप्याथिक चिकित्सामा रोगीको इम्युन सिस्टमलाई सबल बनाई रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुनाले, यसबाट रोगको जरैबाट उपचार गर्ने गरिन्छ । एलर्जी स्थायी रूपमा निको भएर जान्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के खाने, कहिले खाने र कसरी खाने ?
Next article काठमाडौं मेलानमा पौडेल  

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web