• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

किन महिलाहरु स्तन बढाउन चाहन्छन् ? यी हुन रहस्य

February 6th, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन महिलाहरु स्तन बढाउन चाहन्छन् ? यी हुन रहस्य

स्तन शिशुका लागि दूध बनाउनमात्र होइन, यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् ।व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ ।

सामान्यतयाः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस हार्मोनहरूको प्रभाव । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ ।

किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्का्तिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।

के पातली हुँदैमा स्तन पनि साना हुन्छन् ? 

तपाईंले आफूलाई पातली भन्नुभए पनि तौल लेख्नुभएको छैन । शरीरको तौलअनुसार अन्य भाग जस्तो ठयाक्कै नहुने भएपनि तौल कम हुँदाको स्तन पनि सानो हुने स्थिति रहन्छ । हामी शरीरको कति हेरेर तौल सामान्यभन्दा कम वा बढी भएको निक्यौल निकाल्छौं । सामान्यतः हामी वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति ‘बोसो’ छ नाप्छौं । यसलाई ‘‘ भनिन्छ । हुन त यो पद्धतिका पनि आफ्नै सीमितताहरू छन् । यो ‘‘ यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ ।

यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितिमा ‘मोटो’ भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम ‘ भएको व्यक्तिलाई कम तौल भएको मानिन्छ । तपाईंको उचाइ ५ दशमलव ४ इन्च र तौल ४५ किलोग्राम छ, भने तपाईंको ‘ यस्तै १७ हुन्छ । यो तौल सामान्यभन्दा कम हो । त्यसैले पोषणमा ध्यान दिनु राम्रो हुन्छ । पहिले तौल बढी भएर पछि घट्न गएको स्थितिमा पनि स्तनको आकारमा कमी आउनुका साथै कसिलोपनमा पनि कमी आउन सक्छ अर्थात् नरम हुनसक्छ । तौलमा थोरैमात्र उताररचढाव हुँदा स्तनमा परिवर्तन नदेखिन सक्छ ।

स्तन बढाउने उपाय

घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै स्तनलाई बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ । छोटकरीमा केही प्रमुख विधिको चर्चा गरौं । क्रिम प्रयोग गरेर स्तन वा मुन्टोको मालिसले स्तनको आकार बढ्ने दाबी गरिएपनि यसले ‘स्थायी’ रूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा स्तन ठूलो भए जस्तो लाग्न सक्छ, तर त्यसले स्तनको ‘कपको आकार’ लाई परिवर्तन गर्दैन । विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो ।

उत्पादनकर्ताको भनाइमा यस्ता मल्हमले सीधै स्तनको तन्तु तथा कोषमा कार्य गरेर त्यसको वृद्धि गराउँछ ।हाल स्तन बढाउने विभिन्न किसिमका खाने चक्की विश्व बजारमा उपलब्ध हुन थालेका छन् । जडिबुटी पनि भएको दाबी गरिएका ती औषधि निर्माणकर्ताहरूको भनाइमा यसको सफलता निकै छ ।  त्यसबाहेक स्तनको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ ।

शल्यक्रिया एउटा अर्को प्रचलित उपाय हो । शल्यचिकित्साले नकारात्मक प्रभावबिना नै नतिजा दिन सक्ने दाबी गरिए पनि त्यसको दीर्घकालीन प्रभावका बारेमा यसै भन्न सकिने स्थिति भने छैन । शल्य चिकित्सा गरेर स्तनको आकार बढाउन सकिन्छ, तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कुप्रभावको असर खप्नुपर्ने हुनसक्छ । तपाईंले फोम भएको ब्रा अर्थात् थुनचोली प्रयोग गर्नुभएको छ । स्तन कसैलाई देखाउनुपर्ने अङ्ग नभै छोपेरै राख्नुपर्ने अङ्ग हो । यसलाई आकर्षक देखाउने अन्य उपाय जस्तैः थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्ने वा स्तनलाई माथितिर उचाल्ने साधनहरूले आकर्षण थप्छ । श्रीमानलाई तपाईंको स्तनका सम्बन्धमा कुनै गुनासो छैन भने यो एउटा राम्रो उपाय हुनसक्छ । स्तन सानै भएपनि त्यसले यौन सुख दिन दूध उत्पादन गर्न सक्छ ।

एजेन्सीको सहयोगबाट

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पर्सामा चैतदेखि स्वास्थ्य विमा सुरु
Next article विश्व क्यान्सर दिवसमा दीप प्रज्वलन

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134002
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

132
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web