• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पर्सामा चैतदेखि स्वास्थ्य विमा सुरु

February 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पर्सामा चैतदेखि स्वास्थ्य विमा सुरु

हेल्थ टुडे,

वीरगञ्ज, माघ २३ :  सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम पर्सामा पनि सुरु गरिने भएको छ । आर्थिक वर्ष २०७२ र ०७३ बाट सुरु भएको यो कार्यक्रम पर्सामा पनि सञ्चालन गर्न लागिएको हो । २०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट सुरु गरिएको कार्यक्रम अहिले २५ जिल्लामा सञ्चालनमा छ । चैतसम्म २९ वटा र ०७५ असारसम्ममा ३९ वटा जिल्लामा सेवा बिस्तार गर्ने लक्ष्यका साथ काम यसको काम अगाडि बढीरहेको छ ।

पर्सामा चैत महिनादेखि दर्ता सुरु हुने र जेठबाट लागू हुने गरी कार्यक्रम सुरु गर्न लागिएको स्वास्थ्य बीमा बोर्डका व्यवस्थापक नरेश चौधरीले जानकारी दिए । ‘पर्सामा छिट्टै सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । जिल्लामा अहिले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने र स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार भइरहेको छ,’ बोर्डका व्यवस्थापक चौधरीले भने, ‘चैत १ गतेबाट दर्ता सुरु गर्छौै र जनताले जेठ १ गतेबाट सेवा पाउनेछन् । ‘ पर्साको १४ वटा स्थानीय तह मध्ये पोखरीया र छिपहरमाई नगरपालिका, विन्दवासीनी, पकाहमैनपुर र धोविनी गाउँपालिका गरी ५ वटा स्थानीय तहका जनप्रतिनीधिलाई प्रशिक्षण दिइसकेको चौधरीले बताए । उनका अनुसार वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधिहरुलाई माघ २८ गते प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । जिल्लामा सञ्चालित ९ वटा एफएम मार्फत भोजपुरी र नेपाली दुवै भाषमा स्वास्थ्य बीमा कार्यक्रमको जिङगल प्रशारण भइरहेको नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले बताए । बीमाका लागि स्थानीय वडाबाट छनौट भएर आएका दर्ता सहयोगीहरुले घरदैलोमै आएर फोटो भएको परिचयपत्र हेरेर दर्ता गर्नेछन् । सरकारले उपलब्ध गराएको गरीबीको परिचय पत्र भएकाहरुले योगदान रकममा पनि छुट पाउनेछन् । अति गरिबलाई निःशुल्क बीमा गराइनेछ भने गरीबलाई ७५ प्रतिशत र सीमान्तकृत गरीबलाई योगदान रकममा ५० प्रतिशत छुट पाउनेछन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मातृ र नवजात शिशु मृत्युदर शुन्यमा झार्न घरमै पुगेर उपचार
Next article किन महिलाहरु स्तन बढाउन चाहन्छन् ? यी हुन रहस्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134485
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web