• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय नराखेकोमा चिकित्सक संघको विरोध

February 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय नराखेकोमा चिकित्सक संघको विरोध

हेल्थ टुडे,

काठमाडौं, २४ माघ : सरकारले एक जना गैर स्वास्थ्यकर्मीको नेतृत्वमा संघिय स्वास्थ्य सेवा जिम्मा लगाएर स्वास्थ्य सेवा चौपट पार्न खाजेको भन्दै नेपाल चिकित्सक संघले त्यसको विरोध गर्दै हरेक प्रदेशमा छुट्टा छुट्टै स्वास्थ्य मन्त्रालय गठन गर्नु पर्ने माग गरेको छ । अध्ययन र तयारी नै नगरि हचुवाका भरमा स्वास्थ्य मन्त्रालयलाई शिक्षा र समाजिक विकास मन्त्रालयमा बिलय गराई गैर स्वास्थ्यकर्मीको हातमा प्रादेशिक स्वास्थ्यको नेतृत्व सुम्पने सरकारको तयारी प्रति असन्तोष व्यक्त गर्दै संघले स्वास्थ्यको नेतृत्व चिकित्सक वा स्वास्थ्यकै कर्मचारीले पाउनु पर्ने जिकीर गरेको छ ।

संघले बुधबार विज्ञप्ति प्रकाशित गर्दै निजामती सेवामा कार्यरत जनशक्तीको आधा भन्दा बढी जनशक्ती रहेको स्वास्थ्य मन्त्रालय मातहतका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारको यस किसिमको अपरिपक्क र अदूरदर्शी निर्णयले निरास बनाएको उल्लेख छ । मन्त्रीपरिषद्ले प्रदेशका लागि स्विकृत गरेको संरचना अनुसार स्वास्थ्य मन्त्रालयलाई शिक्षा तथा समाजिक विकास मन्त्रालयमा बिलय गराएको छ । अब प्रदेशमा शिक्षा, स्वास्थ्य ताथ समाजिक विकास मन्त्रालय राख्ने सरकारको तयारी छ । प्रदेशमा स्वास्थ्यलाई समाजिक विकास मन्त्रालय अन्तरगत एक महासाखाको रुपमा राखिएकोमा स्वास्थ्यका अधिकारीको बिमती छ । उक्त महासाखाको नेतृत्व नवौ वा दशौं तहका कर्मचारीले गर्ने छन् । महासाखा मातहत चिकित्सा सेवा, नर्सिङ साखा, आयुर्वेद चिकित्सा र जनस्वास्थ्य साखा गरि चार वटा साखा राखिएको छ । महासाखा र साखाहरु गरि प्रदेशको स्वास्थ्यमा जम्मा १० जनाको दरबन्दी सिर्जना गरिएको छ । उपसचिव स्तरको गैर चिकित्सक कर्मचारीले प्रदेश स्वास्थ्यको नेतृत्व गर्ने गरि सरकारले गरेको निर्णय तत्काल फिर्ता लिई हरेक प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गरि प्रयाप्त चिकित्सक र कर्मचारीको दरबन्दी सिर्जना गर्नु पर्ने संघका महासचिव डा. लोचन कार्कीले बताए । उनका अनुसार स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा यस प्रकारको गैरजिम्मेवारपूर्ण निर्णय नलिन संघले सरकारको ध्यानाकर्षण गराइएको हो ।

क्षेत्रिय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालय नरहने भएपछि प्रदेशमा गठन हुने स्वास्थ्य मन्त्रालयलाई सवल र सक्षम बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको संघले स्मरण गराएको छ । स्वास्थ्य सेवा स्थानिय निकायको जिम्मामा सुम्पिएपछि स्वास्थ्य सेवामा गम्भिर किसिमका समस्या देखा पर्न थालेका छन् । एक स्थानिय निकायको स्वास्थ्य संस्थाले अर्को नगरपालिका वा गाउपालिकाका विरामीलाई सेवा दिने वा नदिनेसम्मका बिबाद देखिन थालेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेह रोकथामकालागि सप्ताहब्यापी कार्यक्रम
Next article मातृ र नवजात शिशु मृत्युदर शुन्यमा झार्न घरमै पुगेर उपचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

147
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web