हेल्थ टुडे
काठमाडौं : मधुमेह रोकथामका लागि डाइबेटिज नेपालले यही माघ २६ देखि फागुन ५ सम्म सप्ताहब्यापी जनचेतानमूलक कार्यक्रम आयोजना गर्ने भएको छ । डाइबेटिज नेपालले राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमका बिषयमा जानकारी गराएको हो । खानपान, रहनसहन र शारिरीक व्यायाममा ध्यान दिन सके मधुमेह नियन्त्रण गर्न सकिन्छ भन्ने मुलमन्त्रका साथ डाइबेटिज नेपालले बिगत १० वर्ष देखि मधुमेह रोकथामका लागि विविद् कार्यक्रम गर्दै आइरहेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ २६ गते डाइटिसियनहरुका लागि, २७ गते अस्पतालका डाक्टरहरुका लागि तथा २८ र २९ गते नर्सहरुका लागि राजधानीको बागबजार स्थित पद्मकन्या कलेजमा मधुमेह नियन्त्रणका लागि भइरहेको प्रयास र आधुनिक औषधिका बिषयमा केन्द्रित रहेर चेतनामूलक गोष्ठीको आयोजना गरिने भएको छ । त्यसैगरि फागुन २ गते चितवनस्थित चितिवन मेडिकल कलेजमा चिकित्सकहरुका लागि डाइबेटिज सम्बन्धी सेमिनार आयोजना हुने छ भने फागुन ४ गते राजधानीको बागबजार स्थित हार्दिक होटेलमा बार्षिक डाइबेटिज इडुकेयर कार्यशाला आयोजना हुने जनाइएको छ ।
कार्यक्रमको अन्तिम दिन अर्थात फागुन ५ गते नेपाल, भारत र बेलायतको वरिष्ठ चिकित्सकहरुको सहभागितामा ‘इन्डो नेपाल युके’ प्रोफेसनल कन्फरेन्स अफ डाइबेटिज सम्मेलन आयोजना हुने छ । उक्त सम्मेलनमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम रहेको डाइबेटिज नेपालले जारी गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
Leave a Reply