हेल्थ टुडे,
काठमाडौं, २७ फागुन : देशभरिबाट छानिएर आएका प्रतिभावान नर्सहरुको बौद्धिकता, सुन्दरता र प्रतिभा प्रदर्शनको अन्तिम प्रतिस्पर्धा मिस वल्र्ड पिस ( मिस नर्स ) यही चैत १० गते राजधानीमा हुने भएको छ । नेक्स्ट मोडल्सको आयोजना तथा युनिक्याम्पस ग्लोबलको मुख्य प्रायोजनमा हुने उक्त प्रतिस्पर्धामा देश भरिबाट छानिएर आएकामध्ये २४ जना नर्सले अन्तिम प्रतिस्पर्धा गर्दैछन । मिस नर्सको यो पाचौ संस्करण हो ।
नर्सिङ पेसाको गरिमा उच्च बनाउदै उनीहरु भित्रको रहेको प्रतिभा प्रदर्शन गरि पेसाप्रति इमान्दार बनाएर उत्प्रेरणा प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक नेक्स्ट मोडल्सका कार्यकारी निर्देशक रवि धमालाले बताए । अन्तिम प्रतिस्पर्धी नर्सहरुलाई अहिले व्यक्तित्व विकास, सञ्चार क्षमता विकास, सेल्फ मेकअफ, विरामीको केयरीङ, फोटोग्राफी, हिडाई, प्रस्तुतिकरण लगायतका बिषयमा सम्बन्धित क्षेत्रका विज्ञहरु मार्फत तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ठ प्रतिभा प्रदर्शन गर्ने नर्सहरुलाई मिस वल्र्ड पिस (मिस नर्स ), फस्ट रनर अफ, सेकेन्ड रनर अफ, विभिन्न टाइटल अवार्ड सहित नगद पुरस्कार प्रदान गरिने छ । यो प्रतियोगिताको अफिसियल मिडिया हेल्ड टुडे रहेको छ ।
Leave a Reply