हेल्थ टुडे,
काठमाडौँ, ३० फागुन : स्वास्थ्य मन्त्रालयले लोक सेवा पास गरी आएका ९८ जना मेडिकल अधिकृत (आठौँ तह)हरुलाई पदस्थापन गरेको छ । एक महिने सेवा कालिन तालिम सम्पन्न गरेका उनीहरुलाई मन्त्रालयले रिक्त ठाँउमा रोजाएर पदस्थापन गरेको हो ।लोक सेवा आयोगले १०२ जनाको नाम निकाले पनि सेवा कालिन तालिममा ९८ जना मात्रै सहभागी थिए । उनीहरुलाई मात्रै अहिले पठाइएको हो ।मन्त्रालयका उपसचिव बाबुराम खनालले रिक्त स्थानमध्ये पहिलो नम्बर नाम निकाल्नेलाई पहिलो रोजाई हुने गरी मेरिट बेसमा स्थान रोजाई पठाएको बताए । उनले यसअघिका व्यवस्थापनमा माथिको सोर्स लगाई दवाव दिने गरेको भन्दै यसपटक भने एक जनाले पनि त्यस्तो गर्न नपाएको बताए । ‘हामीले यसपटक सिस्टम डेभलप गरिदियौँ, यसमा कसैको भनसुनले काम गरेन । र उनीहरु पनि सिस्टमले पठाएको ठाँउमा जान बाध्य भए ।’
पदस्थापन गरिएका अधिकृतहरुको नामावली,
Leave a Reply