काठमाडौ , ४ चैत्र : भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक माया पकुवाललाई उहाँकै जेठाजु सौरभले भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ ।दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जानुभएको थियो । उपचारका क्रममा चिकित्सकले उहाँका दुवै मिर्गाैला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि पकुवाल परिवार कसले मिर्गाैला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो ।सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताउनुभएको थियो । मिर्गाैलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताउनुभयो । उहाँका अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उहाँकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गाैला दान दिनुभएको थियो ।
Leave a Reply