हेल्थ टुडे,
काठमाडौं, १३ चैत : फूड सप्लिमेन्ट्स व्यवासायीहरुको छाता संगठन नेपाल खाद्य, आयुर्वेद, न्यूटास्यिूटिकल तथा कस्मास्यिूटिकल समाज ( फेनक्यान ) को महाधिबेशन बैसाख ८ गते राजधानीमा हुने भएको छ । फेनक्यानको चैत १२ गते सोमबार बसेको महाधिवेशन आयोजक समितिले महाधिबेशनको मिति तय गरेको हो ।
महाधिबेशनले फेनक्यानको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन आयोजक समितिका संयोजक सुरेन्द्र मानन्धरले जानकारी दिए । देशभरिमा करिव २ हजार जति फूड सप्लिमेन्ट्स व्यवसायी छन् । फूड सप्लिमेन्ट्स र यसमा संलग्न व्यवसायीको हक हितका लागि बिसं २०७२ सालमा फेनक्यान स्थापना गरिएको हो । त्यसैगरि महाधिवेशन अगाडि नै सदस्यता लिन र नविकरण गर्न समेत फेनक्यान केन्द्रिय समितिले व्यवसायीलाई आग्रह गरेको छ ।
Leave a Reply