• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निःशुल्कऔषधि अभाव हुँदा बिरामी मर्कामा

April 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निःशुल्कऔषधि अभाव हुँदा बिरामी मर्कामा

रुकुम, २७ चैत : जिल्लाका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा पाइने औषधि अभाव भएको छ । क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँका स्वास्थ्य संस्थामा औषधि कम हुँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको गुनासो बिरामीले गरेका छन् ।अस्पतालमा औषधि सकिएपछि बिरामी निजी स्वास्थ्य संस्थाबाट चर्काे मूल्यमा औषधि किन्न बाध्य छन् । उपचारका लागि गाउँबाट जिल्ला अस्पताल आए पनि नपाएपछि रु दुई हजारभन्दा बढी हालेर निजी मेडिकल सपबाट औषधि किन्न बाध्य भएको त्रिवेणी गाउँपालिका– ७ का थलवीर खड्काले बताउनुभयो । “मैले बिरामीलाई चाहिने सबै औषधि मेडिकलबाट किनेँ”, उहाँले भन्नुभयो, “अस्पतालमा जाँच मात्र भयो, औषधि बाहिरबाट ल्याएँ ।” स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि विपन्न समुदायलाई उपचार लिन समस्या भएको उहाँले बताउनुभयो ।

“अस्पतालमा औषधि छैन”, बाफिकोट गाउँपालिका– ३ की गीता पुरीले भन्नुभयो, “निजी स्वास्थ्य संस्थाबाट औषधि किन्न पैसा छैन ।” जिल्लामा रहेका केही बाँकी औषधि पनि एक हप्तासम्मका लागि मात्र भएको डा सुशील पोखरेलले जानकारी दिनुभयो । “अहिले कसले औषधि खरिद गर्ने भन्ने अन्योल भएको छ” उहाँले भन्नुभयो, “यसले गर्दा बिरामी समस्यामा परेका छन् ।”

जिल्ला अस्पतालमै औषधि अभाव हुँदा यहाँका गाउँगाउँमा रहेका स्वास्थ्यचौकीमा पनि औषधि अभाव भएको छ । मौज्दा औषधि करीब महिना दिअघि सकिए पनि स्वास्थ्य संस्थामा औषधि पुग्न नसकेको स्वास्थ्यचौकीको भनाइ छ । यहाँ एक जिल्ला अस्पताल, ४१ स्वास्थ्यचौकी र दुई प्राथमिक उपचार केन्द्र छन् । उनीहरुले सामान्य परामर्श र जाँच गरेर निजी स्वास्थ्य संस्थामा पठाउने गरेका छन् । बेला बेला क्षेत्र र केन्द्रमा जानकारी गराइए पनि औषधिको पूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।‘स्वास्थ्य सेवा सबैलाई, जहिले पनि, जहाँ पनि’ भन्ने नारा भए पनि नारामै सीमित भएको मुसिकोट–२ का हरिबहादुर खड्काले बताउनुभयो । बिरामीले जहिले र जहाँमा उपचार नपाएको उहाँको गुनासो छ । हाल जिल्ला अस्पताल सल्लेमा दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको बताइएको छ ।“अब बिरामी आउने समय हो”, डा पोखरेलले भन्नुभयो, “औषधि चैत महिनासम्म पनि मुश्किल छ ।” यस्तो अवस्थामा औषधि पु¥याउन निकै समस्या भएको उहाँले बताउनुभयो ।(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भोलीदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन
Next article प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक संसद्मा चाँडै पेश हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134409
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web