• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भोलीदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन

April 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भोलीदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन

हेल्थ टुडे,

काठमाडौं : भोलीदेखि राजधानीमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन हुने भएको छ । “नेपालको बदलिदो स्वास्थ्य प्रणालीको लागि उच्च स्तरीय अनुसन्धान” भन्ने नाराका साथ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विगत वर्षहरु झै यो वर्ष पनि शिखर सम्मेलन आयोजना गर्न लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनका बिषयमा जानकारी गराउन परिषद्ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासंग सम्बन्धित विषयमा अनुसन्धानकर्ताहरुले खोज अनुसन्धान गरेका ६५ वटा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए । उनले भने, ‘ तिनीहरु मध्ये विज्ञहरुबाट संघियतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सञ्चालन भइरहेका स्वास्थ्य अनुसन्धान सम्बन्धि गतिविधि, नसर्ने रोग र गरिबीका बिषयमा आमन्त्रित ८ जना विज्ञहरुका प्रस्तुतिकरण पनि हुने छन् । ’ सम्मेलनमा जनसंख्या र स्वास्थ्यका क्षेत्रमा खोज अनुसन्धान गरिरहेका देश भरिका करिव एक हजार अनुसन्धानकर्ता र विज्ञहरु सहभागि हुने डा. झाले बताए । सम्मेलनमा ७ जना अनुसन्धानकर्तालाई उत्कृष्ठ अनुसन्धानकर्ताको अवार्ड प्रदान गरिने छ । सम्मेलनबाट प्राप्त सुझावहरु नीति निर्माण, योजना तर्जुमा, कार्यक्रम विकास र मूल्यांकनका लागि उपयोगी हुने केन्द्रका वरिष्ठ अनुसन्धाकर्ता डा. मेघनाथ धिमालले बताए । सम्मेलनमा ६७ वटा पोस्टरको समेत प्रस्तुतिकरण हुनेछ । सम्मेलन बबरमहलस्थित कार्की बैंकटमा हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४४ जनाको निःशुल्क आँखाको शल्यक्रिया
Next article निःशुल्कऔषधि अभाव हुँदा बिरामी मर्कामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134409
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web