• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी हटाउन सकिन्छ सास गन्हाउने समस्या

April 12th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी हटाउन सकिन्छ सास गन्हाउने समस्या

डा. भागवत भट्टराई,

मुख स्वास्थ्यले हरेक व्यक्तिको व्यक्तित्व विकासमा ठूलो भूमिका खेलेको हुन्छ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख स्वास्थ्य राम्रो हुनुपर्छ । मिलेका दाँत भएरमात्र मुख स्वास्थ्य राम्रो छ भन्न सकिँदैन । त्यसका लागि दाँतसँंगै सास गन्हाउने समस्या हुनु हुँदैन । कुनै मानिसको छेउमा बस्दा मुखबाट ह्वास्स नराम्रो गन्ध आयो भने तपाईं जतिसुकै सुन्दर भए पनि त्यसको कुनै अर्थ रहँदैन । मानिसहरू तपाईंको नजिक आउनै चाहँदैनन् । त्यसैले स्वास्थ्यका लागि मात्र नभएर व्यक्तित्व विकासका लागि पनि मुख स्वास्थ्यमा ध्यान दिनै पर्छ । धेरै जनाको सास गन्हाउने समस्या हुन्छ । त्यो समस्याले उनीहरूलाई समस्यामा पारेको हुन्छ । यो समस्यालाई निराकरण गर्न सकिन्छ । यो समस्यालाई समस्या नै नठान्नुभन्दा यो समस्याबाट मुक्त हुने घरेलु उपाय र दन्तरोग विशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ । सास गन्हाउने समस्यालाई दन्तहर्ष पनि भनिन्छ । सास गन्हाउने विभिन्न कारण हुन्छन् ।

सास गन्हाउने प्रमुख कारणहरू : 

१. खाना अड्केर कुहिएर

२. जिब्रोको माथिल्लो भाग बारम्बार सफा नगरेमा ।

३. गिजामा पिप जमेर ।

४. पिनास भएमा ।

५. पेटको समस्या भएमा ।

६. गिजा धेरै सुन्निएमा ।

७. शरीरमा पानीको मात्रा कम भएमा ।

८. धूमपान र मद्यपानको सेवनले ।

९. मिर्गौलाको समस्या भएमा ।

१०. फोक्सोमा संक्रमण भएमा ।

यदि शरीरमा अन्य समस्या नभएमा मुखको उपचार र खानपानमा ध्यान दिन सके सास गन्हाउने समस्याबाट बाच्न सकिन्छ । हामी शरीरका अन्य भागको उपचारमा ठूलो धनराशि खर्च पछि पर्दैनांै । तर मुख र दाँत स्वास्थ्यलाई खासै महत्व दिने गरेका हँुदैनौं । जबसम्म हामी दाँत र मुख स्वास्थ्यलाई महत्व दिएर ख्याल गर्दैर्नांै, तबसम्म सास गन्हाउनेजस्ता समस्यामात्र नभएर मुख र जिब्रोको क्यान्सरबाट बाँच्न सक्दैनौ । सास गन्हाउने समस्या जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ । त्यसैले साना नानीहरूलाई सानै उमेरदेखि कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नु आवश्यक छ । सास गन्हाउने समस्याबाट बच्न हामीले यी कुरामा ध्यान दिनै पर्छ ।

कसरी रोक्न सकिन्छ सास गन्हाउने समस्या ?

१. बिहान र बेलुका दुई पटक नछुटाई राम्रोसँंग दात माझ्नुपर्छ ।

२. जिब्रोको माथिल्लो भाग सफा गर्नुपर्छ ।

३. कीरा लागेको र प्वाल भएको दाँत छ भने त्यसको उपचार गर्नुपर्छ ।

४. खाना खाएपछि कुल्ला गर्नु बिर्सनु हुँदैन ।

५. प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दिनमा कम्तीमा चार लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

६. पेटमा कब्जियतलगायतको समस्या छ भने उपचार गर्नुपर्छ ।

७. सास गन्हाउने समस्या समाधानका लागि दन्त रोग विशेषज्ञसँग उपचार र परामर्श गर्नुपर्छ ।

( भट्टराई, शिवपुरी डेन्टल, महाराजगन्जमा गिजा रोग तथा कृत्रिम दन्त जरा प्रत्यारोपण विशेषज्ञका रुपमा कार्यरत छन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘स्वास्थ्य अनुसन्धानलाई प्रदेशस्तरसम्म लैजानु पर्छ। ’
Next article औषधि आयात नरोक्न राज्यमन्त्रीलाई ध्यानाकर्षण  

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131912
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web