• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्वस्थ जीवनका लागि निद्रा अति आवश्यक

April 15th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वस्थ जीवनका लागि निद्रा अति आवश्यक

 

निद्रा शरीरका कयौ अंगहरुलाई आराम दिलाउन निकै आवश्यक मानिन्छ । हुन त धेरै बेर सुते अल्छिपन आउछ भनिन्छ तर पनि स्वस्थ जीवनका लागि निद्रा अति आवश्यक हुन्छ । जब हामी गहिरो निद्रामा हुन्छौ, शरीरले विषादी सफा गर्ने काम गर्छ । त्यसैले, त सुतेर उठेपछि हामी हल्का महसुस गरिरहेका हुन्छौ ।

गहिरो निद्रा शरीरका विभिन्न अंगहरुका लागि मात्र हैन, छालामा चमक ल्याउन तथा छालालाई स्वस्थ राख्न समेत आवश्यक छ ।

त्यसैले त, निद्रा पूरा नहुनासाथ त्यसको असर सबैभन्दा पहिले अनुहार तथा छालामा देखिने गर्छ । र, आँखाको तल्लो भाग कालो हुने गर्छ । त्यतिमात्र हैन, निद्रा पूरा नभए यसको असर मानसिक रुपमा समेत देखिने गर्छ ।

निद्रा पूरा नभएमा स्वास्थ्यमा हुने विभिन्न समस्या

चिडचिडापन हुने
निद्रा पूरा नभएमा व्यक्ति चिडचिडापन हुने गर्दछ । लामो समयसम्म यस्तो चिडचिडापन रहेमा व्यक्तिमा मुड डिस्अर्डरको समस्या हुने गर्दछ ।

यसको कारण के हो भने, जब हामी सुत्छौ, त्यतिबेला मस्तिष्कले आफ्नो भावनात्मक सुचनालाई प्रोसेस गर्दछ । परिणाम स्वरुप, सुचना मस्तिष्कमा यादको रुपमा स्टोर हुने गर्छ ।

जब निद्रा पूरा हुँदैन, प्रक्रियामा तल माथि हुने गर्छ । र , मुड डिस्अर्डर लगायतका अन्य भावनात्मक समस्या उत्पन्न हुन थाल्छ । यही नै कारण हो, निद्राको कमी भएमा त्यसको असर मानसिक स्थितिमा पर्ने गर्छ । हामी झर्को मान्न थाल्छौ । दिमाग ताजा नभएजस्तो महसुस गर्न थाल्छौ । जसका कारण कयौ पटक भर्खर भएको कुरा भर्खरै विर्सने समेत गर्छौ ।

मधुमेहको खतरा

प्रायः के सम्म देखिएको छ भने जब हामी निद्रा पूरा गर्दैनौ, हामी जंकफुड तथा चिनीयुक्त खानेकुराको अधिक सेवन गर्दछौ । जसका कारण मधमेह लगायत जीवनशैलीसित सम्बन्धित विभिन्न रोगहरुलाई निमन्त्रणा दिने गर्दछौ ।

स्मरणशक्ति कमजोर हुन्छ

खासगरी, जब हामी गहिरो निद्रामा सुत्छौ, त्यतिबेला दिमागले अफूलाई रिसेट गरिरहेको हुन्छ । निद्रा पूरा नभएमा यो प्रक्रियामा समस्या पैदा हुन्छ । निद्राको कमीको कारण तन्त्रिकामा तिव्र हानी पुग्छ ।

जसका कारण तन्त्रिकाको कार्यक्षमता प्रभावित हुन पुग्छ । र, स्मरण शक्ति प्रभावित हुन पुग्छ । अझ लामो समयसम्म गहिरा निद्रा प्राप्त भएमा भविष्यमा अल्जाइमर लगायतका दिमागी समस्या हुने खतरा बढ्ने गर्छ ।

मोटोपना बढ्छ

जब हाम्रो निद्रा पूरा हुदैन, हामी विहान छिटो उठ्न सक्दैनौ । यस्तो स्थितिमा खानपानको समय गडबडिने गर्छ । त्यतिमात्र हैैन, खानपानको गडबडी भएमा व्यक्तिलाई उच्च क्यालोरीयुक्त खानेकुरा खान मन लाग्छ ।

एक अनुसन्धानले जनाए अनुसार विहानढिला उठ्ने व्यक्तिले अन्य व्यक्तिको तुलनामादैनिक ६७० क्यालोरी खानेकुरा बढी खाने गर्छ । यतिमात्र हैन, निद्राको कमीका कारण शरीरको तौललाई नियन्त्रण गर्ने लेप्टिक नामक हर्मोनको स्तर कम हुने गर्छ र मोटोपना तिव्र गतिमा बढ्ने गर्छ ।

थकान महसुुस हुनु

निद्राको कमीले शरीरमा थकान पैदा गर्ने रसायनको उत्पादन बढी हुने गर्छ । जसका कारण शरीर शिथिल हुने, दिनभरी थकान महसुुस हुने, बारम्बार हाई आउने, आँखादुख्ने, टाउको भारी हुने, भोक नलाग्ने, जीउ दुख्ने, काम गर्न मन नलाग्ने, पेट दुख्ने, कब्जियत हुने लगायतका समस्या उतपन्न हुने गर्दछ ।

उच्च रक्तचाप तथा मुटु रोगको कारण

जब शरीरलाई पर्याप्त मात्रामा निद्रा पुग्दैन, वा शरीरले पर्याप्त आराम पाउँदैन, त्यतिबेलाशरीरमा खराबकोलेस्ट्रोलको मात्रा बढी हुने गर्छ । र, रक्तचाप बढ्ने खतरा उच्च हुने गर्छ । उच्च रक्तचाप भएमा भविष्यमा मुटु सम्बन्धि रोग, हृदयाघात स्ट्रोक , अनियमित धडकन लगायतका जोखिम पनि उच्च हुने गर्छ ।

कुन उमेर समुहका मानिस कति सुत्नु स्वस्थकर

एक वर्ष मुनिका बच्चाले १६ देखी २० घण्टा प्रतिदिन सुत्नु पर्छ ।
१–२ वर्षका बच्चाले १४ घण्टा प्रतिदिन सुत्नु पर्छ ।
३–४ वर्षको बच्चाले १२ घण्टा प्रतिदिन सुत्नु पर्छ ।
५–१२ वर्षका बच्चाले १० घण्टा प्रतिदिन सुत्नु पर्छ ।
१३–१९ वर्षका व्यक्तिले ९ घण्टा प्रतिदिन सुत्नु पर्छ ।
वयस्क र वृद्धले ७–८ घण्टा प्रतिदिन सुत्नु पर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फूड सप्लिमेन्ट्स व्यवसायीको महाधिवेशन बैसाख १८ मा
Next article प्रदेश ७ मा ’स्वास्थ्य वर्ष’ सुभारम्भ

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web