• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पुस्तकालयमै यौनका कुरा

April 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पुस्तकालयमै यौनका कुरा

हेल्थ टुडे,

सिन्धुली, ३ चैत्रः सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिक “महिनावारी भएका किशोरीले मात्र आवश्यकता अनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।” भनेर सबैको ध्यानाकर्षण गराउँछन ।

“किशोरी छात्राले पढाइलाई (विशेषतः हाजिरीमा) किन निरन्तता दिन सक्दैनन् भनेर खोजी गर्दा महिनावारी पनि एक कारण रहेछ, महिनावारी हुँदा पढ्न जाँदा साथीले के भन्छन, तल्लो पेट दुखिरहने, कहिलेकाहीँ त बढी रक्तस्रावसमेत हुने भन्दै उनीहरु विद्यालय नआउने रहेछन् ।” दीर्धप्रदीप उच्च माध्यमिक विद्यालय शीतलपाटीका स्वास्थ्य विषयका शिक्षक लोकबहादुर श्रेष्ठ विगतका समस्या सुनाउनुहुन्छ ।

“अभिभावक भेला, व्यवस्थापन समितिका बैठक एवं विद्यालयको आन्तरिक छलफलमा पुस्तकालयको एउटा दराजमा उनीहरु (छात्रा)को सहज पहुँच पुग्ने गरी सेनेटरी प्याडको व्यवस्था गरी वितरण कार्य शुरु गरौँ । अहिले खुलेर महिनावारी भएका छात्राले प्याड लान्छन् र प्रयोग गर्छन् त्यसैले उनीहरुको विद्यालय उपस्थितिमा असर परेको छैन । पढाइमा निरन्तता छँदैछ । खुलेर आफ्ना यौन तथा प्रजनन समस्या भन्ने गर्छन् ।” सोही विद्यालयका प्रअ शंकर उप्रेतीले भन्नहुहुन्छ । कक्षा आठदेखि १२ सम्मका करीब १५० भन्दा बढी छात्राले मासिक रुपमा सेनेटरी प्याडको प्रयोग गर्ने गरेको विद्यालयको तथ्याङ्क छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको सो विद्यालयले जस्ताको टहरामुनि भए पनि पुस्तकालय सञ्चालन गरेको छ । “यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्न छात्रछात्रा लजाउँथे, कक्षामा मुख छापेर बस्थे । पुस्तकालयमा यससम्बन्धी जानकारीमूलक सामग्री राख्न थालेपछि उनीहरु लजाउन छाडे । अहिले त खुलेर आफ्ना कुरा भन्छन् । चिकित्सकीय समस्या भएमा स्वास्थ्य चौकी जाउ भन्छु”, शिक्षिका गोमा सुवेदीले भन्नुहुन्छ । कथा, कविता, उपन्यास लगायत विभिन्न विधाका पुस्तक पुस्तकालयमा छन् । साथैै किशोरकिशोरीका लागि आवश्यक पर्ने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पुस्तक, पम्प्लेट, बुकलेट एवं छात्राका लागि सेनेटरी प्याडको व्यवस्था छ ।

“किशोरकिशोरी अवस्थाका लक्षण, कुन उमेरमा विवाह गर्ने, कति समयपछि बच्चा जन्माउने, परिवार नियोजनका कुन साधन कसरी अपनाउने, सुरक्षित यौन व्यवहार भनेको के हो ? लगायतका कुरा यहाँ ( पुस्तकालय) पढ्न पाइन्छ ।” सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सजिना माझी बताउनुहुन्छ । सुनकोशी बाल सञ्जालका अध्यक्षसमेत रहनुभएका माध्यमिक विद्यालय परीक्षा सकाएका प्रदीप माझी भन्नुहुन्छ, “पुस्तकालयमा रहेका यौन तथा प्रजनन सम्बन्धी जानकारी भएका पुस्तक लुकेर होइन खुलेर पढ्छौँ । यौन तथा प्रजननबारे छलफल तथा बहस गर्छांै । समस्या आए नजिकको स्वास्थ्य चौकीमा जान्छौँ । आफ्ना कुरा बाआमा र आफन्तलाई समेत सुनाउँछौँ ।”

रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिलाको फिस्टुला र क्यान्सर परीक्षण नि: शुल्क
Next article त्रिविले पिजीका लागि विभिन्न विषयको नयाँ सिट संख्या टुंगो लगायो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132693
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web