हेल्थ टुडे,
काठमाडौं, ६ बैसाख : नेपाल हेल्थ केयर सोलुसनले थाइराइडको क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि वीर अस्पताललाई नि: शुल्क प्रदान गरेको छ । वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतलाई सोलुसनका निर्देशक रेमन्तप्रसाद भट्टले बिहीबार उक्त सफ्टवेयर हस्तान्तरण गरेका हुन । उक्त नयाँ सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले उत्पादन गरेको हो। यो प्रविधिले क्यान्सरको साधारण, खतरा र अन्यत्रबाट क्यान्सर सरे वा नसरेको सजिलै पत्ता लगाउन सकिन्छ । उक्त सफ्टवेयरको नाम ‘एम्क्याड–युटी’ हो ।
वीरका निर्देशक डा. बस्नेतले यो सफ्टवेयर थाइराइडको क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने बताउदै सहयोगका लागि सलुसन परिवारलाई धन्यवाद दिए । रेडियोलोजिस्ट एवं वीरका पूर्व निर्देशक डा स्वयंप्रकाश पण्डितल उक्त प्रविधिको सहयोगले थाइराइडका ससाना ट्युमर समेत पत्ता लगाउन सकिने भएकाले निकै उपयोगी भएको जानकारी दिए । पुरानो प्रविधिभन्दा यसबाट उपचार खर्च पनि सस्तो हुने पण्डितले बताए । जुनसुकै अल्ट्रासाउन्डको मेसिनमा पनि सफ्टवेयर राख्न मिल्ने सोलुसनका निर्देशक भट्टले जानकारी दिए।
Leave a Reply