• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

के तपाईलाई मधुमेह छ ? यसो गर्नुहोस् ।

April 23rd, 2018 उपचार बिधी 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के तपाईलाई मधुमेह छ ? यसो गर्नुहोस् ।

हेल्थ टुडे,
१०, बैशाखः मधुमेह भन्नासाथ चिनी रोग अर्थात् चिनी खान नहुने रोग भन्ने बुझिन्छ । त्यसैले, हामी मधुमेहका बिरामीका लागि चिया होस् वा अन्य कुनै मिठाई चिनी हाल्नै दिदैनौँ । कतिसम्म भने फलफूल खाँदा पनि गुलियो नभएका फलफूल खाने सल्लाह दिन्छन चिकित्सकहरु ।
त्यतिमात्र कहाँ हो र, मधुमेहका बिरामीले त भात नि खान नहुने भनिन्छ । भातमा कार्वोहाइड्रेट धेरै हुन्छ । भात खानेबित्तिकै रगतमा चिनीको मात्रा (सुगर) बढिहाल्छ । आलुमा पनि त्यही कुरा लागू हुन्छ ।
जब कि मधुमेहका बिरामीले मधुमेह रोग लागि सकेपछि हर्मोन वा इन्डोक्राइनोलोजिस्टलाई देखाउनु त पर्छ नै । साथै सन्तुलित भोजन तथा पोषणयुक्त भोजनका लागि एकपटक पोषण विद्सितको सल्लाह लिनु आवश्यक हुन्छ । यसले मधुमेहका विरामीलाई पोषणयुक्त तत्वको सेवन कसरी गर्ने मात्र नभई दिनमा कति पटक र के के खाने तथा कसरी खाने भन्नेबारे बुझ्न समेत मद्दत गर्छ । मधुमेहका विरामी अक्सर खाना कम खाने गर्छन् । त्यस्तै गुलियो मिसिएको खानेकुरा खानु हुँदैन भन्दै शरीरका लागि आवश्यक तत्व समेत ग्रहण गर्दैनन् । जसले गर्दा मधुमेहका विरामीको शरीरलाई आवश्यक पोषण त पुग्दैन नै । शरीरका लागि चाहिने इनर्जी समेत खानाबाट प्राप्त नहुँदा विरामी कमजोर हुने गर्दछ ।
त्यो कसरी भने हामीले खाएको खाना ग्लूकोजमा परिणत हुन्छ । यसले शरीरलाई इनर्जी प्रदान गर्छ । जब कि मधुमेह बिरामीले खाएको खाना ग्लूकोजमा परिणत त हुन्छ तर उक्त ग्लुकोज इनर्जीको रूपमा परिणत हुन सक्दैन । त्यसपछि मधुमेहका कारण विरामीको आँखा, मुटु, मिर्गौला, नसा लगायत शरीरका विभिन्न अंगमा समेत असर पर्छ ।

मधुमेहका कारण हुनसक्ने जटिलता रोक्न के गर्ने त ?
रगतमा चिनीको मात्रा कम गर्न मधुमेहका बिरामीले सबैभन्दा पहिले समय समयमा थोरै थोरै भए पनि केही न केही खानेकुरा खाइराख्नु पर्दछ । त्यस्तै, जे खाए पनि मात्रा मिलाएर खानुपर्दछ । चार घण्टाको अन्तरालमा खाना खानुपर्छ । आफ्नो तौल तथा उचाइका आधारमा खानुपर्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरी अनुसार खानुपर्छ । किनभने आवश्यकताभन्दा कम तथा बढी क्यालोरी शरीरका लागि घातक हुनसक्छ ।

प्रत्येक व्यक्तिको खाने तरिका फरक हुन्छ । खानाको आआफ्नै रोजाइ हुन्छ । त्यसैको आधारमा कोही व्यक्ति सागपातमा धेरै रमाउँछन् भने कोही दालभातमा । जो व्यक्ति तरकारी धेरै खान्छन, उनीहरूलाई त खासै समस्या नहोला तर जो व्यक्ति दालभात धेरै रुचाउँछन्, उनीहरूमा क्यालोरी समस्या हुनसक्छ ।
एउटा व्यक्तिले दिनमा २१ सय क्यालोरीको सेवन गर्छ भने अब मधुमेह भइसकेपछि उसले उक्त २१ सय क्यालोरीलाई विभिन्न चरणमा बाँडेर खानुपर्छ । उसले बिहानको समयमा एक कप चियाको साथमा दुई पिस सुगर फ्रि बिस्कुट खान सक्छ । बिहान दश बजेको समयमा खाना खान सक्छ । खाना खाँदा थोरै भात, धेरै तरकारी राख्नसक्छ । तरकारीमा पनि एक भाग हरियो सागसब्जी तथा एक भाग अन्य तरकारी राख्नसक्छ । थोरै अचार पनि राख्न सक्छ । केही टुक्रा सलादका साथमा दही, पातलो दाल तथा अन्य खानेकुरा राखेर उक्त थाल मज्जाले भर्न सक्छ । त्यस्तै दिउँसो चिउरा, रोटी, ओट मिल लगायतका हल्का खाजा खानुका साथै पाँच बजेतिर करिब दुई सय ग्राम फलफूल खानसक्छ । रातको खानामा थोरै तरकारीका साथमा दुईवटा रोटी खाएर पनि आफ्नो खानालाई सन्तुलित राख्न सकिन्छ ।

मधुमेहका विरामीले के गर्ने के नगर्ने ?
मधुमेहका विरामीले आफ्नो खानपानमा विशेष ध्यान दिएर पनि मधुमेहलाई नियन्त्रणमा राख्न सक्छन् । त्यसको लागि मधुमेहका विरामीले गुलियो, चिनी धेरै हालेको तथा ग्लूकोज युक्त खानेकुरा सिधै खानु हुँदैन । त्यस्तै, थोरै थारै खाने तर धेरै पटक खाने गर्नु पर्छ । मधुमेहका विरामीका लागि मेथी निकै लाभदायक हुने भएकोले उनीहरूले आफ्नो आहारमा टुसा उमारेको मेथीलाई हल्का तारेर तथा उसिनेर पनि खान सक्छन् । तरकारीमा मेथी पड्काएर पनि त्यसको स्वाद लिनसक्छन् ।
त्यस्तै खानामा फापरको रोटी, सिस्नु आदिलाई पनि समावेश गर्न सकिन्छ । फलफूलमा स्याउ उत्तम मानिन्छ । स्याउमा भरपूर मात्रामा फ्रुक्टोस हुन्छ । फ्रुक्टोसकै कारण स्याउ गुलियो हुने भएकोले यसलाई खाँदा मधुमहेका रोगीहरूलाई खासै फरक पर्दैन । यद्यपि अत्यधिक मात्रामा स्याउको सेवनले मधुमेहका बिरामीको आँखामा भने असर गर्न सक्छ । त्यसैले, यस कुरामा भने विशेष ध्यान दिनु आवश्यक छ ।
मधुमेहका रोगीले गुलियो खानेकुरा सकेसम्म खानुहुँदैन । गुलियोले रगतमा चिनीको मात्रा बढाउने हुँदा मधुमेहका विरामीले गुलियो पेय पदार्थ, सोडा, जुस आदि खानु हुँदैन । त्यस्तै भुटेको तारेको, चिल्लो आदि खानु हुँदैन । पिज्जा, वर्गर जस्ता फास्टफुड पनि सेवन गर्नु हुँदैन ।
च्याँख्ला पनि धेरै खानुहुँदैन । च्याँख्लामा पनि क्यालोरीको मात्रा धेरै हुने गर्छ । यही कुरा नबुझेर मधुमेहका विरामीले भात त कम खान्छन्, तर च्याँख्ला भने धेरै खान्छन् । जसका कारण मधुमेहमा कमी आउनुको सट्टा झन् बढ्ने गर्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरीयुक्त खाना खाएर वा चिकित्सकको परामर्श अनुसार खाना खाए मधुमेह रोगको रोकथाम गर्न सकिन्छ ।

एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना
Next article शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

Health Today Nepal

Related Posts

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

अब माइक्रोस्कोपबाट दाँतको उपचार

अब माइक्रोस्कोपबाट दाँतको उपचार

महाकाली अञ्चल अस्पतालको त्यो घटना

महाकाली अञ्चल अस्पतालको त्यो घटना

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web