हेल्थ टुडे,
दोलखा : स्टार हस्पिटल, सानेपा ललितपुरले दोलखाको लामाबगर स्वास्थ्य चौकीमा २ दिने वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना, विगु गाँउपालिका लामाबगर तथा बुद्ध म र नेपाल समाजसंगको सहकार्यमा सामाजिक स्वास्थ्य कार्यक्रम अन्र्तगत विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भई सरल र सुलभ दरमा स्वास्थ्य सेवाबाट वञ्चित विरामीहरुलाई लक्षित गरि बैसाख २२ र २३ गते उक्त शिविर आयोजना गरेको हो ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा सयौं विरामीले स्वास्थ्य जाँच गराएका थिए । उक्त अवसरमा हस्पिटलले निःशुल्क रुपमा सुगर जाँच गर्नुका साथै आवश्यक औषधी पनि वितरण गरेको थियो । आगामी दिनहरुमा पनि यस किसिमका स्वास्थ्य कार्यक्रमहरु देशका विभिन्न स्थानहरुमा संचालन गर्दै लैजाने अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले बताएका छन् ।
Leave a Reply