• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाललाई ट्रकोमा उन्मुलन गरेको प्रमाणपत्र

May 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाललाई ट्रकोमा उन्मुलन गरेको प्रमाणपत्र

राजेश शर्मा,

जेनेभा, ७ जेठ : आँखामा लाग्ने खस्रे रोग (ट्रकोमा) निवारण गरेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई प्रमाणपत्र सहित सम्मान गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुसले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई उक्त प्रमाणपत्र प्रदान गरेका हुन् । विश्व स्वास्थ्य संगठनको ७१औं महासभामा भाग लिन जेनेभा आएको नेपाली प्रतिनिधिमण्डल र विश्व स्वास्थ्य संगठनको उच्च अधिकारीहरु बीच दुर्र्इ पक्षीय छलफलकाबीच सो प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा आएकी राज्यमन्त्री अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसबीच विगतमा नेपालमा भएका स्वास्थ्यसंग सम्बन्धित सफल अभ्यास, उपलब्धी र योजनाहरुका विषयमा छलफल सम्पन्न भयो । सो क्रममा नेपालले हासिल गरेको उपलब्धी र यसमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाका बारेमा मन्त्री अर्यालले स्मरण गराइन ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको जेनेरल प्रोग्राम अफ वर्क (जीपीडव्लु) र नेपालमा समवृद्धिको सपना सहित अगाडी बढेको सरकारको योजना एक साथ आएको हुँदा स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिने कुरामा मन्त्री अर्यालले जोड दिइन ।

नेपाल संघियता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको नीति र पद्दति विकासमा विशेष प्राविधिक सहायोग प्रदान गर्न र नेपाली विज्ञहरुको अर्थपूर्ण सहभागितामा विश्व स्वास्थ्य संगठनका नीति, योजना र कार्यक्रमहरु जारी गर्न साथै विज्ञहरुलाई जिम्मेवारी दिन समेत मन्त्री अर्यालले आग्रह गरिन ।

सो छलफलमा बोल्दै महानिर्देशकले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफुलाई खुशी लागेको र यसै गरी छिटै प्रमाण पत्र प्रदान गर्न पाउने कुरामा आफूविश्वस्त रहेको बताए । स्वास्थ्य क्षेत्रको संस्थागत विकास र सम्वृद्धिमा सहयात्री बन्न गरेको आग्रहले आफू निकै उत्साहित भएको उनले बताए । सो छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याल सहित नेपालको जेनेभास्थित स्थायी नियोगका स्थायी प्रतिनिधि दीपक धिताल, स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्रा्ष्ट्रिय महाशाखा प्रमुख महेन्द्र प्रसाद श्रेष्ठ, नायब स्थायी प्रतिनिधि, तीर्थराज वाग्ले, सहित ९ जना र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस, दक्षिण पूर्वी एसिया प्रमुख डा. पूनम क्षेत्रपाल सिंह सहित डव्लुएचओ मुख्यालयका ७ जना प्रतिनिधिहरु सहभागी थिए ।

(शर्मा,  राज्यमन्त्री अर्यालका नीजि सचिव हुन । उनी अर्यालसंगै जेनेभामा छन । )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विशिष्ट ज्ञान भएका स्वास्थ्यका दरबन्दी कटौती गर्नु अन्याय
Next article काजु खानुका फाइदा यस्ता छन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132855
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web