• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आमा सुुरक्षा कार्यक्रम अन्तर्गत पोषण खर्च पाँचसय थपिने

June 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आमा सुुरक्षा कार्यक्रम अन्तर्गत पोषण खर्च पाँचसय थपिने

विराटनगर, २७ जेठः मोरङको धनपालथान गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई रु एक हजार दिने भएको छ । गाँउपालिकाले मातृ तथा बाल मृत्युुदर घटाउन तथा पोषण खर्च बापत रु पाँच सय र नेपाल सरकारले उपलव्ध गराएको पाँचसय गरी जम्मा रु एक हजार दिने भएको हो ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई नेपाल सरकारले रु पाँच सय दिँदै आएको छ । आमा सुुरक्षा कार्यक्रम अन्तर्गत हरेक स्वास्थ्य संस्थामा यो सेवा उपलव्ध छ । मोरङको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने सो गाउँपालिकामा तराई समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
सो गाउँपालिका क्षेत्रमा शिक्षाको कमी तथा रुढीवादी तथा परम्परागत प्रथाका कारणले महिलाले घरमा सुत्केरी गराउँदा आमा तथा बच्चाको ज्यान जोखिममा हुने गरेको छ । मोरङको दक्षिणी सीमा क्षेत्र रहेको उक्त स्थानमा महिलामा स्वास्थ्य सम्बन्धी शिक्षाको कमी रहेको छ ।
सुुरक्षित प्रसूति सेवा बारे महिलालाई प्रोत्साहन गर्न र प्रसूति सेवा स्वास्थ्य संस्थामै गराएमा आमा र बच्चाको जीवन सुरक्षित गराउने उद्देश्यले सुत्केरी महिलालाई केही राहतका लागि रकम उपलब्ध गराएको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताउनुुभयो । उहाँले रकम सानो भए पनि सुत्केरी आमा र बच्चाका लागि केही सहयोग पुुग्ने बताउनुुभयो । सो गाउँपालिकाले सुत्केरी गराउने कार्यका लागि कर्सिया स्वास्थ्य चौकीमा सामान्य सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ ।
धनपालथान–४, कर्सिया बजारमा रहेको सो स्वास्थ्य चौकीमा सेवा सञ्चालनमा आएपछि सामान्य सुत्केरी गराउनका लागि महिलालाई विराटनगर जानुुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्सियामा रहेको उक्त स्वास्थ्य केन्द्रलाई चाँडै विस्तार गरिने अध्यक्ष सिंहले बताउनुुभयो । कर्सिया स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउन गाउँपालिका सक्रिय भएर लागेको उहाँले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सर पीडित लामालाई आर्थिक सहयोग
Next article पहिलो पटक आन्द्राको सफल शल्यक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web