• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अमेरिकी सहयोगमा निर्मित बाह्रबिसे स्वास्थ्यकेन्द्र हस्तान्तरण

June 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अमेरिकी सहयोगमा निर्मित बाह्रबिसे स्वास्थ्यकेन्द्र हस्तान्तरण

हेल्थ टुडे,

सिन्धुपाल्चोक, ३० जेठ : अमेरिकी सरकारले निर्माण गरिदिएको बाह्रबिसे स्वास्थ्य केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले बुधबार बाह्रबिसेमा आयोजित समारोहमा स्वास्थ्य तथा जनस्ंखा मन्त्री उपेन्द्र यादव र राष्टिय पुनर्निर्माणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाललाई संयुक्त रुपमा नवनिर्मित प्राथमिक स्वास्थ्य सेवा केन्द्र हस्तान्तरण गरेकी हुन् । अमेरिकी अन्तर्राष्टिय विकाश नियोग (युएसएआईडी) मार्फत १८ लाख अमेरिकी डलरको लागतमा उक्त स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको हो । १५ शैय्याको उक्त स्वास्थ्य केन्द्रले १२ हजार सर्वसाधारणलाई उपचार सेवा दिने छ ।

हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदुत टेपलेट्जले २०७२ सालको भूकम्पले क्षति पुर्याएको स्वास्थ्यकेन्द्र निर्माण गरेर नेपाल सरकार र जनताप्रति आफ्नो गहिरो मित्रता प्रदर्शन गर्न पाएकोमा गर्व महसुस भएको बताइन । अमेरिकाले २०७२ को भूकम्पयता भुकम्प प्रतिकार्य तथा पुर्नस्थापनामा १९ करोड अमेरिकी डलर लगानी गरिसकेको अमेरिकी राजदुतावासले जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अनमी नहुँदा बर्थिङ सेन्टर बन्द
Next article कस्तो अवस्थामा रक्तदान गर्नु हुँदैन ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131705
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web