• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दाङमा घुम्ती शिविर–एक हजार बढीले पाए सेवा

June 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दाङमा घुम्ती शिविर–एक हजार बढीले पाए सेवा

दाङ, १ असारः दाङका स्थानीय बासिन्दाले घर आँगनमै सबै किसिमका सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले जेठ ३० मा शान्तिनगर गाउँपालिकामा एकदिने एकीकृत घुम्ती शिविर आयोजना गरेर सेवा दिएको हो ।
गाउँपालिकाका नागरिकलाई घरदैलोमा सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जनतालाई सहज सेवा दिन यो घुम्ती शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने वचन बद्धता प्रकट गर्नुभयो । केही दिन पहिले झाडापखाला प्रभावित सो गाउँपालिकामा जेठ ३० मा पुनः सेवा दिइएको हो ।
घुम्ती शिविरमा सिटी अस्पतालका मुटु तथा पेट रोग विशेषज्ञ डा साहिल भुसाल, डा रक्षा सापकोटा र डा प्रमोद भट्टसहित गाउँपालिकाका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए । चिकित्सक टोलीले २७८ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । नागरिकता वितरण, विभिन्न बीउबिजन वितरणदेखि जिल्ला प्रशासन र विभिन्न कार्यालयले दिने सेवा सबै सेवा स्थानीयले एउटै थलोबाट पाएका थिए ।
जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय तुलसीपुरबाट गएको टोलीले ७४ जनालाई नागरिकता प्रमाणपत्र प्रदान गरेको इलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादव भुसालले बताउनुभयो ।
शिविरमा कृषि सम्बन्धी सेवा २५० जना र पशुसम्बन्धी ३१२ जना प्रदान गरिएको थियो भने ५० जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको थियो । शिविरमा नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले २८५ जनाको आँखा जाँच गरेको अस्पतालका नेत्रसहायक रोहित कठायतले जानकारी दिनुभयो । यसमध्ये २८ जनामा मोतीबिन्दुको समस्या देखिएको थियो । उनीहरुको राप्ती आँखा अस्पतालले बिहीबार अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रशासकीय सहायक जसराज विश्वकर्माले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य चौकीको सामान्य देखि जटिल पक्षमा सुधार गर्नुपर्ने
Next article मधुमेहका बिरामीले अन्डा खान हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131825
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web