• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

ब्रेन ट्युमर कति भ्रम कति वास्तविकता

June 15th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्रेन ट्युमर कति भ्रम कति वास्तविकता

काठमाडौं, १ असारः अहिलेको प्रविधिको दुनियाँमा हरकेही कुरा थाहा पायन प्रविधिको प्रयोग गर्ने गरिन्छ । जसले हाम्रो दैनिकी निकै सहज बनाइदिएको छ । कम्प्युटरमा एक क्लिक गरेर हामीले इन्टरनेटमा उपलब्ध दुनियाभरका जानकारी लिन सक्छौं ।

तर, महत्वपूर्ण कुरा यस्ता जानकारी सहि वा प्रमाणित छन कि छैनन् भन्ने हो । गुगल गरेर पाइने जानकारीहरुको कारण मानिसहरुमा ब्रेन ट्युमर र ब्रेन क्यान्सरका बारेमा पनि धेरै भ्रमहरु उत्पन्न भएका छन् । खासगरि यसको लक्षण, कारण, खतरा र ब्रेन ट्युमरको उपचारको बारेमा विभिन्न भ्रमहरु विद्यमान छन् ।

हेरौं केही भ्रम र वास्तविकताका बारेमा तथ्य जानकारी
१. यदि कसैले मेरो मस्तिस्कमा एक ट्युमर भएको डाक्टरहरुले अनुमान गरेका छन् त्यसैले मलाई ब्रेन क्यान्सर छ भन्छ भने त्यो भ्रम हो । वास्तविकता भने ब्रेन ट्युमरको हरेक केस क्यान्सर हुँदैन । केहि क्यान्सर सौम्य हुन्छ जसको अर्थ उनीहरु अरु अंगमा फैलदैनन् वा नजिकका अरु कोषलाई नोक्सान पुर्याउँदैनन । तर, अरु ट्युमरको कारणले क्यान्सर हुन सक्छ ।

२. उच्च विकिरणयुक्त वातावरणमा काम गर्ने मानिसलाई ब्रेन क्यान्सर हुन सक्छ यो भ्रम हो तर १ लाख मानिसहरु मध्ये २३ जनालाई ब्रेन क्यान्सर हुन्छ । विकिरण र मस्तिस्कको क्यान्सरको सम्बन्धको बारेमा कुनै पनि शोध वा प्रमाण छैनन् । तर लामो समयसम्म विकिरण नजिक भएमा पुरै स्वास्थ्यमा नकरात्मक प्रभाव भने पार्न सक्छ । यसैले यसलाई हल्का ढंगले लिनु भने हुँदैन, यो वास्तविकता हो ।

३. भ्रम – सबै ब्रेन ट्युमर एकैखालको हुन्छन । वास्तविकताः खासमा सबै ब्रेन ट्युमर एकैखालको हुँदैन । अहिलेसम्म कुल १२० प्रकारका ब्रेन ट्युमरको बारेमा थाहा भएको छ । यति मात्रै होइन ब्रेन ट्युमरको अन्तर उनीहरको आकार, स्थान, सुरुवात र गम्भिरताको आधारमा पनि हुन्छ ।

४. भ्रम – सबै ब्रेन ट्युमर मस्तिस्कका कोषहरुको असामान्य कार्यको कारण हुन्छ । वास्तविकताः ट्युमर २ प्रकारको हुन्छ, पहिलो जुन मस्तिस्कमा उत्पन्न र विकास हुन्छ जसलाई प्राइमरी ट्युमर भनिन्छ । दोस्रो खालको ट्युमरलाई मेटास्टेटिक ट्युमर पनि भनिन्छ । यो शरिरको अन्य भागहरु जस्तै फोक्सो , स्तन, मलद्धार पेटमा असर गर्दै विस्तारै मस्तिस्कमा फैलन्छ । प्राइमरी ट्युमर भन्दा धेरै सेकेण्डरी ट्युमर धेरैलाई हुने गरेको पाइन्छ । धेरै जसो ट्युमर स्नायुकोषबाट उत्पन्न हुँदैन तर कोषहरुले उनीहरुको समर्थन गर्छ ।

५. भ्रम – ब्रेन ट्युमरको सबै बिरामीहरुलाई एकै खालको समस्या र लक्षण देखिन्छ । वास्तविकताः ब्रेन ट्युमरको लक्षण बिरामीको गम्भिरताको स्तरमा आधारित हुन्छ । धेरै गम्भीर केसमा ब्रेन क्यान्सरको संकेत धेरै छिटो देखिन्छ । यसले मस्तिस्कको कार्यप्रणालीलाई विभिन्न तरिकाबाट प्रभावित गर्छ ।

६. भ्रम – बारम्बार टाउको दुख्ने र आँखाले धमिलो देख्ने ब्रेन क्यान्सरको संकेत हो । वास्तविकताः बारम्बार हुने टाउको दुखाई निश्चित रुपमा ब्रेन क्यान्सरको लक्षणमा एक हो तर केवल चिकित्सकिय जाँचको मद्धतबाट मात्रै कुनै पनि न्यूरोलोजिकल स्थितीको पुष्टी गर्न सकिन्छ । डाक्टरले सिटिस्क्यानको सल्लाह दिन सक्छन् । त्यसले पनि भएन भने विभिन्न प्रकारको एमआरआई स्क्यानबाट यसको पत्ता लगाउन सकिन्छ ।

७. भ्रम – कम उमेरको मानिसमा ब्रेन ट्युमर हुँदैन । वास्तविकताः ब्रेन ट्युमर वा क्यान्सरको जोखिमलाई निर्धा्रित गर्ने कारकहरुमा उमेर समावेश हुँदैन किनभने ट्युमरको समस्या नवजात शिशुमा पनि देखिएको छ । तर बच्चा र वयस्कहरुमा फरक फरक प्रकारको ट्युमर हुन्छ जसको सुरुवात मस्तिस्कको विभिन्न कोष र हिस्साबाट हुन सक्छ ।

८. भ्रम – सबै ब्रेन ट्युमर उस्तै हुन्छ र यसको उपचारको लागि ब्रेनको सर्जरी गर्नुपर्छ । वास्तविकताः ब्रेन क्यान्सरको लागि कैयौं उपचार प्रक्रियाहरु छन् जसमा क्यान्सरको प्रकार, गम्भीरता, बिरामीको उमेर र सामान्य स्वास्थ्यको आधारमा निर्धारण हुन्छ । पहिलो र दोस्रो ग्रेडको ट्युमर सर्जरी र नियमित एमआरआई गराएमा ठिक हुन सक्छ भने तेस्रो र चोंथो ग्रेडको केसमा घातक ट्युमरको लागि विकिरण चिकित्सा वा रेडियसन थेरापी र किमोथेरापी पनि गर्न सकिन्छ ।

९. भ्रम – मोबाईल फोन साथमा राखेर सुत्नाले ब्रेन ट्युमर वा क्यान्सर हुन सक्छ । वास्तविकताः मोबाईल फोनबाट रेडियो फ्रिक्वेन्सीमा उर्जा उत्पन्न हुन्छ जुन हाम्रो तन्तुहरु मार्फत अवशोषित हुन्छ । तर यसले हाम्रो डिएनएलाई नोक्सान गर्दैन । यसको एकमात्रै प्रभावको रुपमा शरीरको तापक्रम वृद्धिलाई लिन सकिन्छ ।

अहिले सम्म मोबाईल फोनको प्रयोगबाट ब्रेन ट्युमर भएको कुनै पनि केस प्रमाणित भएको छैन । मस्तिस्कको क्यान्सरको लागि एकमात्र प्रमाणित जोखिम कारक एक उत्परिवर्तन वा म्युटेसन हो । जुन, जन्मदेखि नै वा व्यक्तिको जीवनकालमा जहिले पनि विकसित हुन सक्छ ।

१०. भ्रम – एकपटक उपचार पछि ब्रेन ट्युमर अर्कोपल्ट हुँदैन । वास्तविकताः क्यान्सर दुईपल्ट पनि हुन सक्छ । यसैले क्यान्सरलाई दुईपल्ट हुनबाट रोक्न उपचार पछिको फलोअप धेरै महत्वपूर्ण छ । यसको खतराको बारेमा जानकारी लिनुहोस् । त्यस्तै उपचार प्रक्रियाहरुको दिर्घकालिन साइडइफेक्ट र सामान्य लक्षणमा पनि नजर राख्नुहोस् ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहका बिरामीले अन्डा खान हुने
Next article आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने–स्वास्थ्यमन्त्री यादव

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132562
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web