• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

ब्रेन ट्युमर कति भ्रम कति वास्तविकता

June 15th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्रेन ट्युमर कति भ्रम कति वास्तविकता

काठमाडौं, १ असारः अहिलेको प्रविधिको दुनियाँमा हरकेही कुरा थाहा पायन प्रविधिको प्रयोग गर्ने गरिन्छ । जसले हाम्रो दैनिकी निकै सहज बनाइदिएको छ । कम्प्युटरमा एक क्लिक गरेर हामीले इन्टरनेटमा उपलब्ध दुनियाभरका जानकारी लिन सक्छौं ।

तर, महत्वपूर्ण कुरा यस्ता जानकारी सहि वा प्रमाणित छन कि छैनन् भन्ने हो । गुगल गरेर पाइने जानकारीहरुको कारण मानिसहरुमा ब्रेन ट्युमर र ब्रेन क्यान्सरका बारेमा पनि धेरै भ्रमहरु उत्पन्न भएका छन् । खासगरि यसको लक्षण, कारण, खतरा र ब्रेन ट्युमरको उपचारको बारेमा विभिन्न भ्रमहरु विद्यमान छन् ।

हेरौं केही भ्रम र वास्तविकताका बारेमा तथ्य जानकारी
१. यदि कसैले मेरो मस्तिस्कमा एक ट्युमर भएको डाक्टरहरुले अनुमान गरेका छन् त्यसैले मलाई ब्रेन क्यान्सर छ भन्छ भने त्यो भ्रम हो । वास्तविकता भने ब्रेन ट्युमरको हरेक केस क्यान्सर हुँदैन । केहि क्यान्सर सौम्य हुन्छ जसको अर्थ उनीहरु अरु अंगमा फैलदैनन् वा नजिकका अरु कोषलाई नोक्सान पुर्याउँदैनन । तर, अरु ट्युमरको कारणले क्यान्सर हुन सक्छ ।

२. उच्च विकिरणयुक्त वातावरणमा काम गर्ने मानिसलाई ब्रेन क्यान्सर हुन सक्छ यो भ्रम हो तर १ लाख मानिसहरु मध्ये २३ जनालाई ब्रेन क्यान्सर हुन्छ । विकिरण र मस्तिस्कको क्यान्सरको सम्बन्धको बारेमा कुनै पनि शोध वा प्रमाण छैनन् । तर लामो समयसम्म विकिरण नजिक भएमा पुरै स्वास्थ्यमा नकरात्मक प्रभाव भने पार्न सक्छ । यसैले यसलाई हल्का ढंगले लिनु भने हुँदैन, यो वास्तविकता हो ।

३. भ्रम – सबै ब्रेन ट्युमर एकैखालको हुन्छन । वास्तविकताः खासमा सबै ब्रेन ट्युमर एकैखालको हुँदैन । अहिलेसम्म कुल १२० प्रकारका ब्रेन ट्युमरको बारेमा थाहा भएको छ । यति मात्रै होइन ब्रेन ट्युमरको अन्तर उनीहरको आकार, स्थान, सुरुवात र गम्भिरताको आधारमा पनि हुन्छ ।

४. भ्रम – सबै ब्रेन ट्युमर मस्तिस्कका कोषहरुको असामान्य कार्यको कारण हुन्छ । वास्तविकताः ट्युमर २ प्रकारको हुन्छ, पहिलो जुन मस्तिस्कमा उत्पन्न र विकास हुन्छ जसलाई प्राइमरी ट्युमर भनिन्छ । दोस्रो खालको ट्युमरलाई मेटास्टेटिक ट्युमर पनि भनिन्छ । यो शरिरको अन्य भागहरु जस्तै फोक्सो , स्तन, मलद्धार पेटमा असर गर्दै विस्तारै मस्तिस्कमा फैलन्छ । प्राइमरी ट्युमर भन्दा धेरै सेकेण्डरी ट्युमर धेरैलाई हुने गरेको पाइन्छ । धेरै जसो ट्युमर स्नायुकोषबाट उत्पन्न हुँदैन तर कोषहरुले उनीहरुको समर्थन गर्छ ।

५. भ्रम – ब्रेन ट्युमरको सबै बिरामीहरुलाई एकै खालको समस्या र लक्षण देखिन्छ । वास्तविकताः ब्रेन ट्युमरको लक्षण बिरामीको गम्भिरताको स्तरमा आधारित हुन्छ । धेरै गम्भीर केसमा ब्रेन क्यान्सरको संकेत धेरै छिटो देखिन्छ । यसले मस्तिस्कको कार्यप्रणालीलाई विभिन्न तरिकाबाट प्रभावित गर्छ ।

६. भ्रम – बारम्बार टाउको दुख्ने र आँखाले धमिलो देख्ने ब्रेन क्यान्सरको संकेत हो । वास्तविकताः बारम्बार हुने टाउको दुखाई निश्चित रुपमा ब्रेन क्यान्सरको लक्षणमा एक हो तर केवल चिकित्सकिय जाँचको मद्धतबाट मात्रै कुनै पनि न्यूरोलोजिकल स्थितीको पुष्टी गर्न सकिन्छ । डाक्टरले सिटिस्क्यानको सल्लाह दिन सक्छन् । त्यसले पनि भएन भने विभिन्न प्रकारको एमआरआई स्क्यानबाट यसको पत्ता लगाउन सकिन्छ ।

७. भ्रम – कम उमेरको मानिसमा ब्रेन ट्युमर हुँदैन । वास्तविकताः ब्रेन ट्युमर वा क्यान्सरको जोखिमलाई निर्धा्रित गर्ने कारकहरुमा उमेर समावेश हुँदैन किनभने ट्युमरको समस्या नवजात शिशुमा पनि देखिएको छ । तर बच्चा र वयस्कहरुमा फरक फरक प्रकारको ट्युमर हुन्छ जसको सुरुवात मस्तिस्कको विभिन्न कोष र हिस्साबाट हुन सक्छ ।

८. भ्रम – सबै ब्रेन ट्युमर उस्तै हुन्छ र यसको उपचारको लागि ब्रेनको सर्जरी गर्नुपर्छ । वास्तविकताः ब्रेन क्यान्सरको लागि कैयौं उपचार प्रक्रियाहरु छन् जसमा क्यान्सरको प्रकार, गम्भीरता, बिरामीको उमेर र सामान्य स्वास्थ्यको आधारमा निर्धारण हुन्छ । पहिलो र दोस्रो ग्रेडको ट्युमर सर्जरी र नियमित एमआरआई गराएमा ठिक हुन सक्छ भने तेस्रो र चोंथो ग्रेडको केसमा घातक ट्युमरको लागि विकिरण चिकित्सा वा रेडियसन थेरापी र किमोथेरापी पनि गर्न सकिन्छ ।

९. भ्रम – मोबाईल फोन साथमा राखेर सुत्नाले ब्रेन ट्युमर वा क्यान्सर हुन सक्छ । वास्तविकताः मोबाईल फोनबाट रेडियो फ्रिक्वेन्सीमा उर्जा उत्पन्न हुन्छ जुन हाम्रो तन्तुहरु मार्फत अवशोषित हुन्छ । तर यसले हाम्रो डिएनएलाई नोक्सान गर्दैन । यसको एकमात्रै प्रभावको रुपमा शरीरको तापक्रम वृद्धिलाई लिन सकिन्छ ।

अहिले सम्म मोबाईल फोनको प्रयोगबाट ब्रेन ट्युमर भएको कुनै पनि केस प्रमाणित भएको छैन । मस्तिस्कको क्यान्सरको लागि एकमात्र प्रमाणित जोखिम कारक एक उत्परिवर्तन वा म्युटेसन हो । जुन, जन्मदेखि नै वा व्यक्तिको जीवनकालमा जहिले पनि विकसित हुन सक्छ ।

१०. भ्रम – एकपटक उपचार पछि ब्रेन ट्युमर अर्कोपल्ट हुँदैन । वास्तविकताः क्यान्सर दुईपल्ट पनि हुन सक्छ । यसैले क्यान्सरलाई दुईपल्ट हुनबाट रोक्न उपचार पछिको फलोअप धेरै महत्वपूर्ण छ । यसको खतराको बारेमा जानकारी लिनुहोस् । त्यस्तै उपचार प्रक्रियाहरुको दिर्घकालिन साइडइफेक्ट र सामान्य लक्षणमा पनि नजर राख्नुहोस् ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहका बिरामीले अन्डा खान हुने
Next article आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने–स्वास्थ्यमन्त्री यादव

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132003
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web