हेल्थ टुडे,
काठमाडौं, १ असार : सानेपास्थित स्टार हस्पिटलले जेठ महिनाभर संचालन गरेको स्टार भ्रमण योजनाको अवधि एक महिना थप गरी असार महिनाभर संचालन गर्ने निर्णय गरेको छ । सेवाग्राही महानुभावहरुको अत्याधिक सहभागीता तथा मागका कारण यो कार्यक्रमको अवधि एक महिना थप लम्बाइएको हो । ‘स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ ’ भन्ने नाराका साथ संचालित कार्यक्रममा हजारौँको संख्यामा आफ्नो स्वास्थ्य प्रति सजक जनसमुदायको सहभागिता रहेको थियो ।
भ्रमणमा आएका आगन्तुकलाई हस्पिटलले न्यानो स्वागत गर्दै हस्पिटलको सेवा सुविधा तथा उपचार पद्धतीका बारेमा जानकारी प्रदान गर्दै आईरहेको छ । अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले भ्रमण अवधिभर एकदमै सहुलियत दरमा होलबडी चेकअप गर्नुका साथै हस्पिटलका सम्पूर्ण सेवाहरुमा आकर्षक छुट प्रदान गरिरहेको जानकारी दिएका छन । अस्पतालले असार महिनाभर विहान ११ बजे देखि १ बजेसम्म विशेषज्ञ चिकित्सकिय सेवा सय रुपैयामा प्रदान गर्ने अस्पतालका सिओओ डा. सन्देश जि.सीले जनाएका छन । अस्पतालले स्टार भ्रमण योजना कार्यक्रमलाई भव्यताका साथ सफल पारी निरन्तरता प्रदान गर्न सहयोग गर्नुहुने आम सर्वसाधारण, विशिष्ट व्यक्तित्व, कलाकार, विभिन्न पेशाकर्मी, व्यवसायी, संघसंस्था, स्कुलकलेजका प्रतिनिधि, पत्रकार लगायत सबैलाई आग्रह गरेको छ ।
Leave a Reply