• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब स्वदेशमै पुरुषलाई पनि नर्स बन्ने अवसर 

June 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब स्वदेशमै पुरुषलाई पनि नर्स बन्ने अवसर 

हेल्थ टुडे,

काठमाडौं, ११ असार : नेपालमा फेरि पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नेपाल नर्सिङ काउन्सिलले आर्थिक वर्ष २०७५।०७६ देखि नर्सिङ पढाई हुने कलेजहरुमा अनिवार्य रुपमा १५ प्रतिसत पुरुषलाई अध्यापन गराउनै पर्ने व्यवस्था गरेपछि पुरुषहरुले पनि नर्स हुने बाटो खुलेको हो । काउन्सिलकी राजिस्टार लक्ष्मी राईले भनिन, ‘ अब नर्सिङ पढाई हुने कलेजहरु र सिटिइभिटीबाट मान्यता पाएका सबै शिक्षण संस्थाहरुले कुल नर्सिङ सिटमा १५ प्रतिसत पुरुषलाई पढाउनै पर्ने व्यवस्था भएको छ । ’ २५ वर्ष पहिले पुरुषले पनि नर्सिङ पढेर नर्स बन्न पाउने व्यवस्था थियो । तर पछि यो व्यवस्था हटाइएपछि पुरुष नर्स बन्ने बाटो बन्द भएको थियो । त्यति बेलाका केही औलामा गन्न सकिने पुरुष नर्स कार्यरत भएपनि त्यसपछि कुनै पुरुषले पनि नर्स बन्न पाएका छैनन् ।

नेपालमा हाल नर्सिङ पढाई हुने एकसय २० कलेज छन् । काउन्सिलको पछिल्लो तथ्यांक अनुसार देशभरि अहिले करिव ८२ हजारले नर्सिङ उर्तीण गरेका छन् । पुरुषले पनि नर्स बन्ने अवसर पाएपछि अबको केही बर्षपछि अस्पताल र स्वास्थ्य संस्थाहरुमा पुरुष नर्सपनि देख्न सकिने छ । नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले नेपालमा पनि पुरुष नर्सको आवश्यकता महसुस गरेर काउन्सिलले व्यवस्था गर्नु सकारात्मक पहल भएको बताइन । बिदेशी अस्पतालहरुमा पनि पुरुष नर्स हुने गरेकाले यहाँ पनि व्यवस्था गर्दा राम्रै हुने पोखरेलको दावी छ ।  २५ वर्ष अगाडि १० प्रतिसत पुरुषले नर्सिङ पढन् पाउथे । तर यस पटक त्यो भन्दा ५ प्रतिसत बढी अर्थात १५ प्रतिसत पुरुषले त्यो अवसर पाउने भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न
Next article सुशील कोइराला क्यान्सर अस्पतालमा ओपीडी सेवा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web