• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुशील कोइराला क्यान्सर अस्पतालमा ओपीडी सेवा सुरु

June 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुशील कोइराला क्यान्सर अस्पतालमा ओपीडी सेवा सुरु

हेल्थ टुडे

नेपालगञ्ज,  ११ असार :  बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले सोमबारबाट ओपीडी सेवा सुरु गरेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा सुरु गरेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार ओपीडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।

अस्पताल निर्माणमा ३५ करोड खर्च भइसकेको छ । चालू आर्थिक वर्षका लागि सरकारले थप १८ करोड बजेट छुट्याएको छ । यो अस्पतालको सेवाबाट ५ नम्बर प्रदेश, ७ नम्बर प्रदेश र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने अनुमान गरिएको छ ।

अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक अपरेशन थियटर, एम्बुलेन्सलगायतका सेवा छन् । अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेलसहितको टोली छ । दुई जना अंको सर्जन, दुई मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, आठ जना स्टाफ नर्ससहित २७ जनाको दरबन्दी लोकसेवा आयोगबाट पूर्ति गरेको क्यान्सर अस्पतालले जनाएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको क्यान्सरकै कारण निधन भएको थियो । त्यसैले उनकै नामबाट कोइरालाको गृहजिल्ला बाँकेमा क्यान्सर अस्पताल खोलिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेक्सा स्क्यान र बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिक संचालन
Next article अब स्वदेशमै पुरुषलाई पनि नर्स बन्ने अवसर 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134121
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web