• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा केसीका मागप्रति सरकार गम्भीर–हुबहु पूरा गर्न नसकिने

July 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा केसीका मागप्रति सरकार गम्भीर–हुबहु पूरा गर्न नसकिने

चितवन, ३२ असारः स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताउनुभएको छ । पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहलाई आज चितवनमा सम्बोधन गर्नुहुँदै उहाँले केसीका सबै माग पूरा गर्न नसकिने बताउनुभयो ।
केसीका मागप्रति सरकार गम्भीर रहेको भन्दै उहाँले जायज माग पूरा गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रको बेथिति रोक्दै जनताको घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पु¥याइने राज्यमन्त्री अर्याालको भनाइ थियो ।
अहिले पनि देशभरका दुई हजार ३१२ वटा वडामा स्वास्थ्य संस्था नभएको भन्दै उहाँले ती वडामा स्वास्थ्य सेवा पु¥याउने सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

सो अवसरमा शुरुमा भरतपुर महानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । कार्यक्रममा पूर्ण खोपयुक्त जिल्ला बनाउन सहयोग पु¥याउने विभिन्न व्यक्ति र संघ संस्थालाई सम्मान गरिएको थियो ।
जिल्लामा पहिलो पटक फूलबारी गाउँविकास समितिमा २०७१ साल असार १८ गते पूर्णखोपयुक्त गाउँ विकास समिति घोषणा गरिएको थियो । महानगरपालिकाको वडा नं– ६ बाहेक १ देखि १२ सम्मका ११ वटा वडालाई पूर्णखोपयुक्त वडा घोषणासँगै महानगरलाई पूर्ण खोपयुक्त महानगर घोषणा गरिएको हो । सो पश्चात् जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।
जिल्लामा सबै बालबालिकाले ती सबै खोप पाएको सर्वेक्षणबाट देखिएपछि जिल्ला पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले बताउनुभयो ।
जिल्लामा एक वर्षमा १४ हजार तीन सय बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । हरेक महिना २२७ वटा खोप क्लिनिकबाट २५० खोप सेसन मार्फत् खोप सेवा प्रदान गरिँदै आएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जुनसुकै बेला मुटु बन्द हुन सक्ने खतरा
Next article आधा घन्टा बैठक स्थगित–संसदमा चिकित्सा शिक्षा विधेयक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web