• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साउन १ गतेदेखि नै एम्बुलेन्स सेवा बन्द

August 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साउन १ गतेदेखि नै एम्बुलेन्स सेवा बन्द

भक्तपुर, २२ साउनः जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो ।
तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनु परेपछि जिविसले आन्तरिक स्रोतबाट एम्बुलेन्स सेवा सञ्चालन गरेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अस्थायी तथा करार सेवामा काम गर्दै आएका कर्मचारीलाई थप तीन महिना हाजिर गराएर काम गर्न परिपत्र गरे पनि जिल्ला समन्वय समितिले एम्बुलेन्स चलाउन नदिएको चालक कृष्णराम कोजुको आरोप छ ।
साउन १ गतेदेखि एम्बुलेन्स चलाउन अनुमति नदिएको बताउदै उहाँले दैनिक कार्यालय गएर हाजिर भने गरिरहेको बताउनुभयो । उहाँले सर्वसाधारणले दिनहुँ एमबुलेन्स सेवाका लागि फोन गर्ने गरेको बताउनुहुन्छ । कोजुले १७ वर्षदेखि तथा अर्का चालक भीमनाथ गेलालले १५ वर्षदेखि करारमा एम्बुलेन्स चलाउँदै आएका थिए ।
जिल्ला समन्वय समितिको आन्तरिक स्रोत नभएको र प्रदेश तथा संघीय सरकारबाट एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध नगराउँदा १७ वर्षदेखि सञ्चालन गर्दै आइरहेको उक्त सेवा बन्द गर्नुपरेको जिल्ला समन्वय अधिकारी पर्वप्रसाद सापकोटाले बताउनुभयो ।
जिल्ला विकास समिति हुँदा आफ्नै आम्दानीको स्रोत थियो । अहिले आन्तरिक स्रोत छैन, एम्बुलेन्स सेवा दिन नसकिने जिल्ला समन्वय अधिकारी सापकोटाले बताउनुभयो । तत्काल अर्को व्यवस्था नभएसम्म एम्बुलेन्स चलाउन सक्ने अवस्था नभएकाले जिससको एम्बुलेन्स अन्य निकायलाई जिम्मा दिने तयारी भइरहेको बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा
Next article अधिकांश एक्सरे सेवा मापदण्ड विपरीत सञ्चालनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134020
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

120
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

116
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web