• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अस्पताललाई डायलाइसिस उपकरण प्रदान

August 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अस्पताललाई डायलाइसिस उपकरण प्रदान

बेनी, १४ भदौः यहाँका एक परिवारले दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख मूल्य बराबरको दुई थान डायलाइसिस उपकरण प्रदान गरेको छ । रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीको उपचारका लागि सो उपकरण उपलब्ध गराउनुभएकोे हो ।
अस्पतालमा बुधवार आयोजित कार्यक्रममा सहयोगदाता सुवेदी परिवारका तर्फबाट माधव र उहाँकी धर्मपत्नी सपना सुवेदीले अस्पतालका निमित्त प्रमुख डा अनिल पाण्डे र अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीलाई ती उपकरण हस्तान्तरण गर्नुभयो ।
अष्टे«लियामा बसोबास गर्दै आउनुभएका सहयोगदाता माधव सुवेदीले आफ्नो आमा मिर्गौलाबाट पीडित भई लामो समयसम्म उपचार गराउनुपरेको संझना गर्दै दुर्गम र पिछडिएका क्षेत्रका गरीब र विपन्न वर्गका मिर्गौला पीडितको सहज उपचार हुन सकोस् भन्ने उद्देश्यले ती उपकरण सहयोग गरिएको बताउनुभयो ।
“मिर्गाैला रोगको उपचार जटिल र महङ्गो छ, आर्थिक विपन्नताका कारण शहरी क्षेत्रमा पुगेर उपचार गराउन नसक्दा उपचारबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना छ, यो उपकरणको पूर्ण सदुपयोग होस् भन्ने हामीले चाहेका छौँ”, सहयोगदाता सुवेदीले भन्नुभयो ।
यस उपकरणले मिर्गौला पीडितको उपचार शुरु गर्न आधार बनेको अस्पतालका निमित्त प्रमुख डा पाण्डेले बताउनुभयो । उहाँले जनशक्तिको व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालीम समेत दिइएकाले छिट्टै डायलाइसीस सेवा शुरु हुने जानकारी दिनुभयो ।
अस्पतालले पनि रु १३ लाखमा डायलाइसीका लागि प्रयोग हुने आरओ उपकरण खरिद गरिसकेको अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष रेग्मीले बताउनुभयोे ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २८ प्रतिशत बालबालिका र १८ प्रतिशत किशोरीमा  सुक्ष्मपोषण तत्व आइरनको कमी
Next article चिकित्सा शिक्षा अयोगलाई व्यवस्थित बनाउन बिकल्प खोज्नुपर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132898
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web