• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

August 31st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

हेल्थ टुडे,

पोखरा, १५ भदौः गण्डकी प्रदेशलाई ‘पूर्ण खोप सुनिश्चित गण्डकी प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटै स्थानीय तहका १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकामा खोप सुनिश्चिता गर्नुभएको हो ।
राष्ट्रिय खोप तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेकाले बुधबार गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।
आगामी दिनमा कुनै पनि अवस्थामा कुनै पनि बालबालिका खोप लिनबाट वञ्चित हुने छैन भनी प्रतिबद्धता समेत व्यक्त गरिएको छ । दुई चरणमा १६ देखि २३ महिनाका ३५ हजार ८४२ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता पाएपछि पूर्ण खोप प्रदेशका रुपमा घोषणा गरिएको हो ।
बालबालिकालाई प्रदान गरिने गरिएको ११ प्रकारको खोपमा दिइन्छ । प्रतिबालिकामा रु पाँच हजार बराबरको खोप र प्रशासनिक खर्च समेत गरी रु ३० हजार खर्च हुने गरेको छ ।
खोपका लागि गण्डकी प्रदेश वार्षिक रुपमा रु एक अर्ब ७० करोड लाग्छ । सोमध्ये नेपाल सरकारको ६० प्रतिशत र ४० दातृ संस्थाको सहयोग रहेको जनाइएको छ ।
गण्डकी प्रदेशको एक हजार ७७० वटा खोप केन्द्र र एक हजार ४१६ वटा गाउँघर क्लिनिकका साथै पाँच हजार ९३९ जना महिला स्वयंसेविका मार्फत समुदाय स्तरमा सो स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमै सबैभन्दा पहिलो गण्डकी प्रदेशले पूर्ण खोप सुनिश्चितताको प्रदेशका रुपमा घोषणा गरेको प्रशङ्ग उल्लेख गर्दै शिक्षा, रोजगारलगायत क्षेत्रमा पहिलो प्रदेशका रुपमा पहिचान बनाउन सबै पक्षलाई प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।
सभामुख नेत्रनाथ अधिकारीले स्वच्छ, स्वस्थ्य र समृद्ध नेपाल बनाउनका लागि जिम्मेवारीका साथ कर्तव्य निष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । समाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशमा खोप कार्यक्रम पूर्णरुपमा सफल भएको बताउनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डाक्टरहरुको आन्दोलन–लाइसेन्स फिर्ता गर्ने तयारी
Next article थाइल्यान्डका प्रधानमन्त्रीद्धारा औषधि र स्वास्थ्य उपकरण उपहार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134257
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web