• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

डाक्टरको मन पनि त दुख्छ 

September 19th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरको मन पनि त दुख्छ 

डा. उत्सव तिमिल्सिना,

केही दिन पहिले मात्र समाचार आयो कालिमाटी तरकारी बजारमा गएको आपुर्ति मन्त्रालयको अनुगमन टोलीलाई त्यहाँका व्यवसायीले नियन्त्रणमा लियो । भोलिपल्ट २ जना समातिएको समाचार आयो । अनुगमनमा गएको सरकारी टोलीलाई नै नियन्त्रण लिनेलाई त्यसपछि कारबाही भयो भएन केही समाचार आएन ।

त्यसको दुई चार दिन पछि फेरि अर्को अपुस्ट समाचार सुनियो, बल्खु तरकारी बजारमा अनुगमन गर्न जाने क्रममा मन्त्रीलाई त्यहाँको व्यवसायीले लौका र बन्दाले हानेर लखेटे । महंगीले आकाश छोएको छ अहिले । धेरै जस्तो बोर्डिङ स्कुलको कलेजको फि हेर्दा  अपत्यारिलो छ । तर यो बिषयमा उपभोक्ताबादी केही वर्ष अगाडिसम्म बेला बेला बोलेजस्तो गर्थे तर आजभोलि कहिले बोलेको सुनिदैन । बोली बन्द छ ।  गाँस बाँस र कपास जीवनको आधारभुत आवश्यकता हो । योसंगै शिक्षा र स्वास्थ आधारभुत आवश्यकतामा राखेको छ । देशको हरेक ठाउँ शिक्षा र स्वास्थ्य पुग्न सकेको छैन । यो अवस्थामा अहिले चिकित्सकको हात बाध्ने र ज्ञान खुम्च्याउने कानुन मलुकी ऐन संघिता लागू भएको छ ।

बुझ्नु पर्ने कुरा डाक्टरले कहिले पनि आफ्नो बिरामी ठिक नहोस् भन्दैन । त्यसैले लापरबाही गर्दैन । डाक्टर पनि एउटा साधारण मानिस हो । आफ्नो ज्ञान र सीपको भरमा उपचार गर्ने हो । यसमा त्रुटीहरु हुन सक्छ । डाक्टरको एउटा सानो त्रुटीले गर्दा कसैको ज्यान जान सक्छ । मबाट गल्ती हुदैन र मैले सजाय पाउनु हुन्न भनेर कुनै डाक्टरहरुले भनेको सुनेको छैन । लाइसेन्स प्राप्त चिकित्सकले मात्र अभ्यास गर्ने र अभ्यासको क्रममा भएको लापरबाही या त्रुटी हेर्ने एउटा विज्ञ टोली चाहियो भनेको हो । सय ओटा राम्रो काम गरेर एउटा गलत काम गर्याे भने एउटा गलत कामले त्यो सयौं राम्रो काम छायामा पर्दछ । हामीले यस्तो घटना धेरै देखेका छौ । नेपालमा धेरै जटिल रोगहरु सफलता साथ उपचार भएको छ । केही  त्रुटीहरुले गर्दा असफलताहरु भएको छ । असफलतामा जति बिरामीको आफन्तको मन दुख्छ त्यति नै हामी डाक्टरको मन पनि दुख्छ ।

सफलतालाई बिर्सेर असफलतालाई भिडले  वर्षैसम्म लापरवाहीको संज्ञा दिनु गलत हुन्छ । यसरी चिकित्सकलाई लापरवाही गरेर बिरामीको  ज्यान लियो भन्दै भिडले आफ्नो निर्णय सुनाउदै चिकित्सकलाई हात हाल्ने र अस्पताल जस्तो संबेदनसिल ठाउमा तोडफोड कम गराउनलाइ बिना धरौटी जेलको कानुन नेपालमा आवश्यक भएको छ । अहिलेको मुख्य र जटिल समस्या भनेको बिरामी सुरुमानै चिकित्सकसंग उपचार नगरि स्वास्थ्यकर्मी संग औषधि किनेर खाने देखिन्छ । यसले गर्दा उपचारको समयमा त्रुटी हुने र असफलता हुने गर्दछ ।

सर्वसाधारणमा रहेको एउटा भम्र डाक्टरकोमा उपचार गर्न जादा पैसाको लोभले विभिन्न जाँच गराउछ भन्ने छ । जुन गलत हो । र समाजमा यसलाई चिर्नु पर्ने  आवश्यकता छ । स्वास्थ्यकर्मीले झोला भरि औषधि दिएर पठाउदा चुप लागेर जाने तर चिकित्सकले एउटा एन्टिबायोटिकसंग भिटामिन दिदा डाक्टरले धेरै औषधि दिएर बिरामी लुट्न खोज्यो भन्नेको पनि कमि छैन यहाँ । चिकित्सकले अनावश्यक औषधि दिएर बिरामीको रोग ठप जटिल गराउनतिर लाग्दैन भन्ने भम्र समाजबाट चिर्नु आवश्यक छ ।

जसरी नेपाल सरकारले टि.भि. रेडियोमा दिसा गरेपछि साबुनपानीले हात धुनु पर्दछ भन्ने सन्देश दिन्छ त्यसैगरि अहिलेको अवस्थामा बिरामी हुने बित्तिकै तुरुन्तै चिकित्सकलाई देखाएर उपचार गर्नु पर्छ भन्ने सन्देश दिनु पर्ने आवश्यक छ ।  ( डा. तिमिल्सिना गैरसरकारी चिकित्सक संघ नेपालका केन्द्रिय सदस्य हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमालाई थप  व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
Next article स्वास्थ्य सचिव डा.चौधरीलाई अमेरिकामा ‘ ग्लोबल म्याटरनल भिजनरी अवार्ड ’

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web