हेल्थ टुडे,
काठमाडौं, २२ असोज : सानेपास्थित स्टार हस्पिटल र आईएमई लिमिटेडबिच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्टार हस्पिटलले आईएमईका ग्राहकहरुलाई उपचारमा १५ प्रतिसत सम्म छुट प्रदान गर्ने छ । सम्झौता पत्रमा स्टार हस्पिटलको तर्पmबाट अस्पतालका सिओओ डा. सन्देश जिसी तथा आईएमईका तर्फबाट आईएमईका क्षेत्रिय प्रमुख माधव कटुवालले हस्ताक्षर गरेका छन् । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीले आईएमई प्रिभिलेज कार्ड देखाउनुपर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले जानकारी दिए । पछिल्ला दिनमा स्टार हस्पिटलले आफ्ना हरेक उपचार सेवा गुणस्तरीय र आधुनिक बनाउदै गइरहेको छ ।
Leave a Reply