• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयको कामु सचिवको जिम्मेवारी डा. प्याकुरेललाई

October 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयको कामु सचिवको जिम्मेवारी डा. प्याकुरेललाई

हेल्थ टुडे,

काठमाडौं, ११ कात्तिक :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कामु सचिवको जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई दिइएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले डा. प्याकुरेलाई कामु सचिवको जिम्मेवारी दिने निर्णय भएको सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. प्याकुरेल १२ औं तहका एक मात्र प्रमुख विशेषज्ञ हुन । सचिव हुन १२ औं तहको हुनु पर्छ ।

डा. चौधरीलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेपछि स्वास्थ्य मन्त्रालयमा सचिवका एकमात्र उम्मेदबार डा. प्याकुरेलाई किन सचिवमा नियुत्त नगरेर कामु दिइएको त ? भन्ने प्रश्नमा पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी मन्त्री अर्यालले अर्कै व्यक्तिलाई सचिव बनाएर लैजानका लागि डा. प्याकुरेललाई कामु दिइएको बनाइन । स्वास्थ्य मन्त्रालयभन्दा बाहिरको कर्मचारीलाई स्वास्थ्य सचिव बनाउने गृहकार्य भइरहेको उनको संकेत थियो । अर्यालका अनुसार स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी खोसेएकी डा. पुष्पा चौधरीलाई तुरन्त प्रधानमन्त्री कार्यालय हाजिर गराउने बिषयमा पनि मन्त्रीपरिषद्मा चर्चा भएको थियो । डा. चौधरीलाई सरकारले असोज २८ गते सचिवको जिम्मेवारी खोसेर प्रधानमन्त्री कार्यालय सरुवा गरेको थियो । जिम्मेवार विहीन बनाइसकेपछि पनि डा. चौधरी आईतबारसम्म मन्त्रालय गएर फाइल मिलाउनमा व्यस्त थिइन ।

सचिव हुनु अगाडि देखि नै विवादित डा. चौधरीलाई गत पुष १२ गते तत्कालिन स्वास्थ्य सचिव दीपक बोहोराको दवावमा सचिवमा नियुक्त गरिएको थियो । लोक सेवा आयोगको बढुवा समितिले डा. सुशील प्याकुरेल, डा. विनोदमान श्रेष्ठ र डा. चौधरीको नाम सिफारिस गरेकोमा विभिन्न चलचेख गरेर डा. चौधरी सचिव बन्न सफल भएकी थिइन । ३७ वर्ष राजधानी बाहिर बसेर हेल्थ असिस्टेन्ट देखि मेडिकल अधिकृत, जिल्ला जनस्वास्थ्य प्रमुख र क्षेत्रिय निर्देशक भएर नेपालको स्वास्थ्य सेवालाई नजिकबाट बुझेका डा. प्याकुरेललाई आर्थिक चलखेल गरि पाखा लगाइएको थियो ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पिसाब चुहिने समस्या र त्यसको निदान
Next article विधान संशोधनपछि औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131905
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web