• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयको कामु सचिवको जिम्मेवारी डा. प्याकुरेललाई

October 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयको कामु सचिवको जिम्मेवारी डा. प्याकुरेललाई

हेल्थ टुडे,

काठमाडौं, ११ कात्तिक :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कामु सचिवको जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई दिइएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले डा. प्याकुरेलाई कामु सचिवको जिम्मेवारी दिने निर्णय भएको सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. प्याकुरेल १२ औं तहका एक मात्र प्रमुख विशेषज्ञ हुन । सचिव हुन १२ औं तहको हुनु पर्छ ।

डा. चौधरीलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेपछि स्वास्थ्य मन्त्रालयमा सचिवका एकमात्र उम्मेदबार डा. प्याकुरेलाई किन सचिवमा नियुत्त नगरेर कामु दिइएको त ? भन्ने प्रश्नमा पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी मन्त्री अर्यालले अर्कै व्यक्तिलाई सचिव बनाएर लैजानका लागि डा. प्याकुरेललाई कामु दिइएको बनाइन । स्वास्थ्य मन्त्रालयभन्दा बाहिरको कर्मचारीलाई स्वास्थ्य सचिव बनाउने गृहकार्य भइरहेको उनको संकेत थियो । अर्यालका अनुसार स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी खोसेएकी डा. पुष्पा चौधरीलाई तुरन्त प्रधानमन्त्री कार्यालय हाजिर गराउने बिषयमा पनि मन्त्रीपरिषद्मा चर्चा भएको थियो । डा. चौधरीलाई सरकारले असोज २८ गते सचिवको जिम्मेवारी खोसेर प्रधानमन्त्री कार्यालय सरुवा गरेको थियो । जिम्मेवार विहीन बनाइसकेपछि पनि डा. चौधरी आईतबारसम्म मन्त्रालय गएर फाइल मिलाउनमा व्यस्त थिइन ।

सचिव हुनु अगाडि देखि नै विवादित डा. चौधरीलाई गत पुष १२ गते तत्कालिन स्वास्थ्य सचिव दीपक बोहोराको दवावमा सचिवमा नियुक्त गरिएको थियो । लोक सेवा आयोगको बढुवा समितिले डा. सुशील प्याकुरेल, डा. विनोदमान श्रेष्ठ र डा. चौधरीको नाम सिफारिस गरेकोमा विभिन्न चलचेख गरेर डा. चौधरी सचिव बन्न सफल भएकी थिइन । ३७ वर्ष राजधानी बाहिर बसेर हेल्थ असिस्टेन्ट देखि मेडिकल अधिकृत, जिल्ला जनस्वास्थ्य प्रमुख र क्षेत्रिय निर्देशक भएर नेपालको स्वास्थ्य सेवालाई नजिकबाट बुझेका डा. प्याकुरेललाई आर्थिक चलखेल गरि पाखा लगाइएको थियो ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विधान संशोधनपछि औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा
Next article पिसाब चुहिने समस्या र त्यसको निदान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web