हेल्थ टुडे,
काठमाडौं : सनराईज बैंक लिमिटेड, कालिमाटी शाखाले स्वास्थ्य तथा दुर्घटना वीमा र इलेक्ट्रोनिक बैकिङ्ग विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शाखा कार्यालय रहेको भवनमा आयोजना गरिएको उक्त अन्तरक्रियामा विभिन्न क्षेत्रसँग आवद्ध विशिष्ठ व्यक्तिहरु, शिक्षक, कर्मचारी, उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सनराईज बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्गको स्वास्थ्यलाई दृष्टिगत गर्दै एक लाख रुपैयासम्मको स्वास्थ्य वीमा योजना र पाँचलाख रुपैयासम्मको दुर्घटना वीमा सुविधा निशुल्क रुपमा उपलब्ध गराउँदै आएको बिषयमा सरोकारवालाहरुबिच छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रम सनराईज बैंकका मुख्य प्रबन्धक हरिप्रसाद आचार्य तथा कालिमाटी शाखाका शाखा प्रमुख वरिष्ठ प्रबन्धक दीपकराज जोशीको संयोजकत्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको संचालन तथा स्वागत मन्तब्य कालिमाटी शाखाका शाखा प्रमुख वरिष्ठ प्रबन्धक दीपकराज जोशीले गरेका थिए भने बैकले प्रदान गर्दै आइरहेको अत्याधुनिक सेवा सुुविधा, बैकले समग्र अर्थतन्त्र र समाजलाई के कसरी टेवा पु¥याउन सक्छ भन्ने विषय तथा बैकले प्रदान गर्दै आइरहेको स्वास्थ्य तथा दुुर्घटना विमाको बारेमा बैंकका मुख्य प्रबन्धक हरिप्रसाद आचार्यले जानकारी गराएका थिए । यी कार्यक्रम ग्राहकले अत्याधिक रुचाईएको बैकिड्ड सुुविधा हो । बैकको यस सुविधाबाट हाल सम्ममा १३५ जना भन्दा बढी ग्राहाकहरु लाभान्वित भैसकेका छन । अन्तरक्रियामा उपस्थित व्यक्तिहरुले राखेका विविध बैकिड्ड जिज्ञासाको उत्तर तथा समापन मन्तव्य सभापति हरिप्रसाद आचार्य गरेका थिए ।
Leave a Reply