• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लास सम्पन्न

December 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लास सम्पन्न

हेल्थ टुडे,

काठमाडौं : नेपालमा स्ट्रोक (घात) सम्बन्धि रोगको उपचारमा सहयोग गर्ने र यसको समाधान छिटो भन्दा छिटो गर्ने उद्देश्यका साथ दुई दिवसिय स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लास २०१८ आयोजना गरिएको छ । सिनर्जी कर्पोरेशन र नेपाल स्ट्रोक एशोसिएसनद्धारा संयुक्त रुपमा नेपाली डाक्टरहरुलाई स्ट्रोक म्यानेजमेन्ट र त्यसको उपचारको बारेमा जानकारी दिन दुई दिने तालिम कक्षा आयोजना गरिएको हो । देशको भौगोलिक अवस्थाले अझै पनि काठमाडौं  भन्दा बाहिरका नेपालीले स्ट्रोकको गुणस्तरीय उपचार नपाईरहेको सन्दर्भमा यो मास्टर क्लास आयोजना गरिएको हो ।

तालिममा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. जगदीशप्रसाद अग्रवालले  सिमित मानिसमा मात्र अस्पतालको पहुँच भएको हाम्रो जस्तो देशका लागि तालिम निकै सहयोगी हुने बताए । उनले भने, ‘ १० वर्षअघि स्ट्रोक थ्रोम्बोलाईसिस बारे धेरै डाक्टरहरुलाई पनि जानकारी थिएन तर अहिले धेरै जानकारी भएको छ, स्ट्रोकले मानिसको ज्यान नै जाने हुँदा जनचेतनामुलक कार्यक्रम गर्नु सबैभन्दा राम्रो हो ।’ कार्यक्रममा नेपाल स्ट्रोक एशोसिएसनका अध्यक्ष डा लेखजंग थापाले विश्वभर ८६ प्रतिशत मानिसहरुको स्ट्रोकको कारण मृत्यु हुने गरेको जानकारी दिन्दै अन्य रोगहरुभन्दा यो रोगको असर बढि हुन लागेको बताए ।

‘तथ्यांकहरुलाई हेर्दा २५ प्रतिशत हस्पिटल भर्ना स्ट्रोकको कारण हुने गरेको देखिन्छ र ५९ भन्दा माथि उमेरका मानिसहरुमा अधिक मात्रा यो रोग लागेको भेटिएको छ,’ डा. थापाले भने । उनले एशोसिएसनले जनचेतना बढाउनका लागि समुदायमा गएको र सुविधा नभएको स्थानमा उनीहरुलाई स्ट्रोकको बारेमा बढि जानकारी दिने गरिएको स्पष्ट पारे । कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अस्पतालमा हुने हरेक गल्तिमा डाक्टरलाई मात्र दोष दिने गरिएको गूनासो गरे । बिरामीको उपचार टिम वर्क हो । जसमा डाक्टर, नर्ससहितको टिमले बिरामीको उपचार गर्दछ, तर केहि भएमा तोडफोड गर्ने र क्षतिपूर्ति माग गर्ने काम बढीरहेको छ, यो रोकिनुपर्दछ, संघका अध्यक्ष श्रेष्ठले भने । उनले आगामी दिनमा स्ट्रोकको उपचारमा संघले पनि एशोसिएसनसँग मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गरे । डा. मधु दिक्षित देवकोटाले स्ट्रोक थ्रोम्बोलाईसिसको तालिमले सबैलाई समेटने र डाक्टरहरुको सो रोगबारेको क्षमता अभिवृद्धि गर्ने बताईन् ।

‘यो मास्टर क्लासले आगामी दिनमा उपचारको स्तर वृद्धि गर्नेछ र युवा डाक्टरहरुको नयाँ समूह आउने छ, जसले मानिसहरुको उपचारको स्तरलाई माथि उठाउन सहयोग गर्नेछ,’ डा. देवकोटाले भनिन् । स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लासमा यो विषयका विशेषज्ञहरु डा.संजय कार्की, डा.मनोज कुमार, डा.राम कुमार घिमिरे, डा.राजु पौडेल, डा.बाबु राम पोखरेल, डा.पंकज जलान, डा.विवेक रौनियार, डा.अभिनास चन्द, डा.लेख जंग थापाले नेपालभरबाट छनौट गरेर आएका करिब ३० जना डाक्टरहरुलाई स्ट्रोक थ्रोम्बोलाईसिस उपचार बिधि बारे जानकारी दिएका थिए ।

स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लासलाई उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका साथै ग्राण्डी इन्टरनेशनल हस्पिटल, नर्भिक इन्टरनेशनल हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल, अन्नपूर्ण इन्टिच्यूट अफ न्यूरोलोजीकल एण्ड एलाइड साइन्सेज र सिजर्नीले यसअघि देखि नै यो उपचार बिधि समर्थन गर्दै शुरु गरिसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सनराईज बैंकको स्वास्थ्य तथा दुर्घटना वीमा सम्बन्धी अन्तरक्रिया
Next article स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिहरू गुम्ने खतरा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web