• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई औषधि उत्पादकको साथ

January 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मानव अंग प्रत्यारोपण केन्द्रलाई औषधि उत्पादकको साथ

हेल्थ टुडे,

काठमाडौं  : मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंगदान सम्बन्धी जनचेतना जगाउन नेपाल औषधि उत्पादक संघले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा अभियान सञ्चालन गर्ने भएको छ । यस सम्बन्धी संघ र केन्द्रबिच समझदायी भएको छ । समझदारी पत्रमा  केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र संघका अध्यक्ष दीपकप्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।

औषधि उत्पादक संघले आउँदो फागुन १७ गतेदेखि १९ गतेसम्म चितवनमा सञ्चालन हुने नेपाल फर्मा एण्ड हेल्थ एक्स्पोका सहभागीहरुलाई मरणोपरान्त अंगदानका बिषयमा जनचेतना बिस्तार गर्नुका साथै देशभरिका औषधि उद्योगमा कार्यरत कर्मचारीले कार्यक्षेत्रमा समेत जनचेतना जगाउने छ । संघका अध्यक्ष दाहालले नेपालमा ब्रेन डेथ सम्बन्धी कानून बनेको ३ वर्ष बितिसक्दा समेत आवश्यकता अनुसार अंगदान हुन नसकिरहेकोले यस किसिमको अभियानमा मानव अंग प्रत्यारोपण केन्द्रसित सहकार्य गरेर जनचेतना जगाउने काममा संलग्न हुन पाउदा खुबी लागेको बताए । ब्रेन डेथ सम्बन्धी कानून बनाउन दवाव दिने देखि यसलाई कार्यन्वयन गर्नमा केनद्रका कार्यकारी निर्देशक समेत रहेका प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठको ठूलो योगदान रहेको स्मरण गर्दै यो अभियानलाई देश व्यापी बनाएर सयौं व्यक्तिमा अंगप्रत्यारोपण गरेर जोगाउन सकिने बताए ।

केन्द्रका निर्देशक डा. श्रेष्ठले प्रयाप्त जनचेतनाको कमिले ब्रेन डेथ भइसकेका व्यक्तिको अंगदान गर्न परिवारका सदस्यहरुले आनाकानी गर्ने गरेको पाइएकाले यो अभियानपछि अंगदान गर्नेको संख्या बढ्ने विश्वास व्यक्त गरे । केन्द्रले ब्रेन डेथ भएका व्यक्तिबाट प्राप्त मिर्गौला आवश्यकता अनुसार अन्य व्यक्तिमा प्रत्यारोपण गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश भित्र पर्ने स्वास्थ्य संस्थाहरु प्रदेश सरकारलाई हस्तान्तरण
Next article सातौ ‘नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो’ चितवनमा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134257
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web