• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कैलालीमा एचआईभीका कारण ७ जनाको ज्यान गयो  

February 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कैलालीमा एचआईभीका कारण ७ जनाको ज्यान गयो  

सलिना सेठ्ठी ,     

धनगढी, माघ १८ :  केही बर्ष यता सुदुरपश्चिम प्रदेशमा एचआइभी संक्रमण घटे पनि संक्रमितको वेवास्ताका कारण ज्यान गुमाउनको संख्या भने बढेको छ । चालु आर्थिक बर्षको ६ महिनामै एचआईभीका कारण ७ जनाको ज्यान गएको छ । नियमित औषधि सेवनको अभाव र एचआइभी संक्रमितसँग खुलेर आउने वातावरणको सिर्जना हुन नसक्दा ज्यान जानेको संख्यामा वृद्धि भएको हो । नियमित औषधिको सेवन नगर्दा र निकै पछि जाँचका लागि आएका कारण धेरैको मृत्यु भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा सन् २००६ देखी हालसम्म २८ सयको हाराहारीमा संक्रमित फेला परेकोमा ७८० जनाले नियमत एआरटी सेवा लिइरहेको र २ सय ४ जनाको ज्यान गईसकेको सेति अञ्चल अस्पतालमा रहेको एआरटि सेन्टरका प्रमुख लोकराज पनेरुले जानकारी दिए ।

‘ज्यान गुमाउनेमध्ये अधिकांश संक्रमितको औषधी सेवन नगरेकै कारण मृत्यु हुने गरेको छ,’ पनेरुले भने, उपचारको पहुँचमा आएकाहरु पनि नियमित औषधि सेवन गरिरहेका छैनन् ।’ कैलालीमा आर्थिक बर्ष २०७२ । ०७३ मा १०४ जना संक्रमित फेला परेका थिए । ०७३ । ०७४ मा १७ र सन् २०१७ मा १३ जनाको मृत्यु भएको थियो । नेपालमा ३१ हजार भन्दा बढि एचआइभी संक्रमित रहेको तथ्याङ्क छ । अझै पनि संक्रमितलाई समाजमा खुलेर आउने बातावरण सृजना हुन नसकेको संक्रमितहरुको गुनासो छ । यति मात्रै होइन, संक्रमितलाई आफ्नो भावी सन्ततीको भविष्यप्रति अझ बढि चिन्ता छ ।

स्वदेशमा रोजगारीको अवसर नपाएर भारत जाने र त्यहाँ असुरक्षित यौन सम्पर्क गरेर संक्रमित हुने गरेको एकजना सहजकर्ता जयलक्ष्मी नेपालीले बताईन् । यसतर्फ स्वयम् सचेत हुन जरुरी रहेको उनले बताईन् । कैलालीको धनगढी, टिकापुर र मालाखेतीबाट १ हजार बढि एचआइभी संक्रमितहरुले नियमित रुपमा औषधि सेवन गरिरहेका छन् नेपाल र भारतको खुल्ला सिमा अनि मौसमी कामका लागी भारत तथा वैदेशिक रोजगारीका लागि जाने यूवाहरुका कारण एचआईभी संक्रमितको संत्रास रोकिन सकेको छैन । सुदूरपश्चिममा एचआइभी संक्रमितहरु सबैभन्दा बढी कैलाली, अछाम र डोटीमा छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रिदम न्यूरोसाइकियाट्रीको तेश्रो वार्षिकोत्सव सम्पन्न
Next article कम्तिमा १०० प्रकारका औषधीको खुल्ला आयात बन्द गरौ : शर्मा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web