हेल्थ टुडे,
ललितपुर, २१ माघ : जावलाखेल एकान्तकुनामा रहेको रिदम न्यूरोसाइकियाट्री अस्पताल एण्ड रिसर्च सेन्टरले सोमबार आफ्नो तेश्रो वार्षिकोत्सव मनाएको छ । ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गिता शाक्य, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ लगायतको सहभागितामा वार्षिकोत्सब सम्पन्न भएको हो । कार्यक्रममा रिदम न्यूरोसाइकियाट्री अस्पताल एण्ड रिसर्च सेन्टरका कोअर्डिनेटर डा. प्रभाकर पोखरेलले अस्पतालप्रति विरामीले देखाएको विश्वासले आफूहरुलाई मानसिक रोग पहिचान र उपचारमा सफलता हासिल गर्न सक्षम भएको बताए । चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मानसिक रोगीको उपचारमा अस्पतालले पुर्याइरहेको सेवा उदाहरणिय भएको बताउदै यस बिषयमा वृहत जनचेतना फैलाउनु आवश्यक रहेकोमा जोड दिए । यसै गरि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका डा. बाशुदेब कार्कीले सुगममा मात्र केन्द्रित नभएर दुर्गम क्षेत्रमा पनि मानसिक समस्या बिकराल रहेकोले दुर्गममा पनि जनचेतना र उपचार उपलब्ध गराउनु पर्ने बताए । अस्पतालका निर्देशक डा. रितेश थापाले अस्पतालले मानसिक रोगको उपचार र अनुसन्धानमा अझ बढी प्रभावकारी ढंगले अगाडि बढ्ने बताए ।
Leave a Reply